“लिडियाको मन,उजेलीको बस्तीमा पुगोस् “


– बसन्त रानाभाट
हाम्रो गाउँको मान्छे त पढ्न पाउँदैन,सानैमा विहे गरिदिन्छन्। हाम्रो गाउँमा धेरैले पढेका छैनन्, तर पढेर के -के गर्न मन छ। चौतारा सम्म पुगेकी छु, तर अहिले सम्म शहर पनि देखेकी छैन। गाडी चढेकी छैन। हाम्रो दादाले भन्नु भएको, शहर धेरै राम्रो हुन्छ रे,गाडी पनि बेस्करी हिड्छन् रे,घरहरु पनि अग्ला अग्ला हुन्छन् रे। काठमाडौमा त धरहरा पनि हुन्छ रे।

तर हाम्रो गाउँमा यस्तो दु:ख छ। केहि पनि देख्न पाउँदैन,जहिले पनि काम मात्र देख्छ। हाम्रो गाउको मान्छेले चाहि,कहिले पनि सुख पाउँदैन कि के हो ? सिन्धुपाल्चोलको एक गाउँमा बीबीसी साझा सबालको फरक अंकको कार्यक्रममा, भूकम्प पिडित किशोरी उजेली यसो भन्दै भक्कानिएको देखे।

प्रस्तोता बिद्या चापागाई सँगै पुगेका महानायक राजेश हमाललाई पनि दृश्यमा देख्दा,कुनै चलचित्रको संबाद जस्तो लाग्दथ्यो। उजेलीले हाम्रो गाउँको मान्छेले चाँहि,कहिले पनि सुख पाउँदैन कि के -हो ? भन्दै भक्कानिएर रुदा, देशमा होस् वा विदेशमा रहेका नेपालीहरु सबैका आँखा रसाए। साझा सबालको एक फरक अंक”बाँचेका मान्छेहरु” ले नेपालका गाउँ गाउँमा भूकम्प पिडितहरुको बास्तबिक अबस्था कस्तो रहेछ ? यसलाई राम्रो सँग चित्रण गरेको पाईयो।

उजेली जस्ता हजारौ भूकम्प पिडितहरुको अबस्था हेरेर,सरकार गम्भिर हुन जरुरी छ। अझै भातको सितो मुखमा राख्न नपाएका उजेली र उनका परिबारहरुको कारुणिक ब्यथा,र सिङ्गो गाउँको दृश्यलाई मानसपटकमा राख्दा,भूकम्प पिडितको नाममा हजारौ संघ,सँस्थाहरुले गरेका राहत बितरण कार्यक्रमहरु पनि प्रचारबाजी नै रहेछन् भन्न बिबश बनाउँदछ।

लिडियाको मन

देशमा बिनाशकारी भूकम्प गएको ९ महिना बित्दा,झन् झन् दुख र पीडाका कथाहरु सुन्न र देख्न बाध्य भईरहँदा प्रबासमा पनि छुट्टा छुट्टै पिडाहरु देखिए। उजेलीको जीन्दगीलाई एउटा टेलिभिजन कार्यक्रममा हेरेर घरबाट निस्कदै गर्दा, ३४ बर्षिय स्पेनिस चेली लिडिया मेनेन्देशासँग बार्सिलोनामा भेट भयो। उनले नेपालका लागि केहि कार्यक्रम गर्दै छन् भन्ने त थाहा थियो तर, को हुन्,के का लागि गर्दै छिन् ? यसलाई गहिराईमा पुगेर बुझ्ने मौका मिलेको थिएन।

लिडिया सन् २०११ को मे देखि जुन महिनासम्म, अर्थात एक महिना नेपाल घुम्न गएकी रहेछिन्। पदयात्रामा रुची राख्ने उनले नेपालमा छँदा, महेश कुमार भट्टराई सँग भेट गरिन्। । काठमाडौ बस्ने अन्दाजी ३६ बर्षका महेशको , अझै पनि लिडियाले पनि खुलेर प्रंशसा गर्दछिन्। लाङ्गटाङ्ग क्षेत्र होस् वा  अन्नपूर्णको पदयात्रा,काठमाडौ,पोखरा महेशको गाईडमा, नेपालका मनोरम ठाउँहरु घुमेको लिडिया सम्झन्छिंन्। ।

एक असल साथीको रुपमा दुवै जना पछि सम्म सम्पर्कमा नै रहेछन्। महेशले पछि ईटालियन युवती ईरेन मारिनी सँग बिहे गरेर ईटाली आएका रहेछन्। उनको १ बर्षका छोरा पनि रहेछन्। छोराको नाम हिमाली राखेछन्। अझै पनि स्पेनिस चेली लिडिया महेशकी श्रीमती र छोरा सँग सम्पर्कमा नै छन्।

सन् २०१५ को अप्रिलमा स्पेनको आस्तुरियाबाट ४ जना पर्यटक सहित महेश र अर्का एक नेपाली सिङ्गे लामा लाङ्गटाङ्गको पदयात्रामा हिडेको लिडिया बताउँछिन्। एउटा फोटो जुन त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलमा पुगे पछि फेसबुकमा अपलोड भएको  छ। भूकम्प जानु भन्दा केहि दिन अघि खिचिएको सो फोटोमा, महेश भने छैनन्। सम्भवत: उनैले खिचेको हुनु पर्छ।

भूकम्पले यी सबै स्पेनिसहरु रहेनन्
भूकम्पले यी सबै स्पेनिसहरु रहेनन्

अर्का नेपाली सिङ्गे सहित चार जना स्पेनिस नागरिक फोटोमा देखिएका छन्। लिडियाले यति कुरा बताईरहँदा आँखा भरी आशु गर्दै भनिन्,” त्यो नै अन्तिम फोटो थियो,त्यस पछि कोहिँ पनि सम्पर्कमा छैनन्। अहिले सम्म पनि कसैको अत्तो पत्तो छैन।” लिडियाले स्पेनिस अनलाईन पत्रिका देखाउँदै,घटना बारे फेरि जानकारी गराईन्,”एल
मुन्दो डट ईस” को मे ४ तारिक सन् २०१५ मा प्रकाशित समाचारका जनाईए अनुसार,ति चार स्पेनिस नागरिक हराईरहेका र अन्य ३ जना स्पेनिसको शब फेला परेको जनाएको छ।  अन्य ३ मध्ये आरागोनाका एक दम्पत्ति र १ जना बार्सिलोना निबासी स्पेनिस नागरिक हुन् भन्ने कुरा उल्लेख गरिएको छ।”

महेशको सम्झनामा”नमस्ते नेपाल”

नेपालमा रहँदा आँफुलाई ठुलो सहयोग गरेर गुन लगाएका, तिनै महेशको सम्झनामा  आउँदो नोभेम्बरमा नेपाल फर्कने योजना रहेको लिड़ीया बताउँछिन्। नेपालमा गएको बिनाशकारी भूकम्पले हजारौको ज्यान गएको छ त्यस मध्ये महेशको अझै पनि अत्तोपत्तो छैन,उसैको सम्झनामा नेपालका भूकम्प पिडितहरुलाई सहयोग गर्ने योजना रहेको उनले सुनाईन्।

आफ्नो कार्यक्रम बारे सुनाउँदै उनले भनिन्,” हामीले कुरामार भन्ने एउटा सँस्था भर्खर खोलेका छौ,यसमा मेरा साथीहरुले पनि सहयोग गर्दै छन्। यहि सँस्था मार्फत कुनै प्रभावित क्षेत्रमा पुगेर स्कुल, बिद्यार्थी वा बास्तबिक पिडित बस्तीमा पुगेर सहयोग गर्ने छु। करिब ५ हजार युरो संकलन गर्ने हाम्रो योजना छ।”

यस अघि पनि काठमाडौ स्थित नेपाली साथी मार्फत भूकम्प पिडितलाई लत्ता कपडा सहयोग गरेकी लिडियाले गत शनिबार स्पेनिस समुदाय माँझ,नेपालको सम्झना गर्दै,”नमस्ते नेपाल” नामक एक भब्य कार्यक्रम सम्पन्न गरेकी छिन्। कार्यक्रममा करिब ३ सय भन्दा बढी स्पेनिसहरु सहभागी बनेका थिए। बिनाशकारी भूकम्प जाँदा स्पेनबाट नेपाल पुगी उद्दार कार्यमा खटिएकाहरुले भिडियो,फोटो तथा वृत चित्र प्रस्तुत गर्दै सहयोगको अपिल गरेका थिए।

- बसन्त रानाभाट
– बसन्त रानाभाट

नेपाली खानाको ब्यबस्था गरेको हिमाली रेष्टुरेन्टले बिक्रीको केहि रकम लिडियाको अभियानमा सहयोग गरेको छ। यस्तै नेपाल तिएर्रा दे पाथले पनि नेपाली पोशाक,भेषभूसाको स्टल राख्दै सामानहरु बिक्री गरेको थियो। यो अलवा नेपाली गीत,नृत्य,तथा स्पेनिस कलाकारहरुले प्रस्तुती राखेका थिए।

लिडियाको मन,उजेलीको दु:ख

नेपालमा बिनाशकारी भूकम्प गए पछि,साझा सबालका देखाईएकी ति सिन्धुप्लाचोक की किशोरी “उजेली” जस्ता हजारौले दु:ख पाईरहेका छन्। यता लिडिया जस्ता हजारौ मनकारी बिदेशी तथा नेपालीहरुले पिडितलाई सहयोग जुटाई रहेका छन्। लिडिया जस्ता सहयोगी मनहरुले उठाएको रकम, उजेली र उनको गाउँ बस्तीमा पुग्न सक्यो भने साँच्चिकै मनमा कति आनन्द मिल्छ होला ?

पिडितका नाम उठेका मोटो रकमहरु देश तथा विदेशमा यत्तिकै थन्किएर बसेको सुनिन्छ। बस्तीमा अझै छाप्रो बन्न सकेको छैन। चिसो र शितले बृद्द,गर्भबती,बालबालिका तथा घाईतेहरुको नाजुक अबस्थाका भिडियो तथा दृश्यहरु हेर्दा सरकारी तबरबाट खासै पहल हुन नसकेको प्रष्ट छ। संघ संस्था वा व्यक्तिगत रुपमा भएका सहयोगहरु पनि फेसबुक र सेल्फीमा नै केन्द्रित देखिए।सहयोग नै नपुगेको वा नभएको भनी आलोचना गर्नु भन्दा पनि,बास्तबिक पिडित र बस्तीको छनोट हुन नसकेकोमा भने सायद दुई मत नहोला।

उजेलीको गाउँ र उनका पीडाहरु देख्दा,यता लिडियाको सहयोगी मनलाई नजिकबाट बुझ्दा मन देखि नै कामाना गर्न मन लाग्यो। हुन त स्पेनिस चेली लिडियाले आफ्नो योजना अनुसार,सहयोग त अबश्य नै गर्ने छन्, तर कहाँ गर्ने छिन् त्यो त थाहा छैन। तर आज यी दुई प्रतिनिधि पात्रको भावानालाई बुझ्दा,मन देखि नै कामाना गर्न मन लागेको छ ,”लिडियाको जस्तो सहयोगी मन उजेलीको गाउँ वा बस्ती सम्म पुग्न सकोस्।”

लिडियाले यसरी गरेकी थिईन्,बार्सिलोनामा कार्यक्रम (भिडियो)