काँग्रेस महाधिबेशनका लागि, नेदरल्याण्डमा सर्बसम्मत प्रतिनिधि चयन


नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले पनि प्रतिनिधि र महासमिति सदस्य गरेको छ । नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको आइतवार सम्पन्न क्रियाशील सदस्यहरुको भेलाले ३ जना महासमिति सदस्य र चारजना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

नारायण आचार्य, दीपक रेग्मी, ठाकुरप्रसाद शर्मा महासमिति सदस्यमा चयन भए । यस्तै शशी पौडेल, सालिक गौतम, प्रेमजंग गुरुङ, विकास शर्मा महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । नेपाली जनसम्पर्क समिति नेदरल्याण्डमा ५ सय १५ जना नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु छन् ।