पोखरामा मोटरसाईकल दुर्घटनामा परी सेनाका अधिकृत सहित दुईको मृत्यु


पोखरा/ पोखरामा मोटरसाईकल दुर्घटना हुँदा नेपाली सेनाको राजदलगण खैरेनीटार तनहुँमा कार्यरत क्याप्टेन रञ्जन विक्रम शाह र जवान रोशन थापाको घटनास्थलमै मृत्यु भएको छ।

विहिवार साझ अमरसिंहचोकमा भएको सवारी दुर्घटनामा परी नेपाली सेनाका अधिकृत सहित एक जवानको ज्यान गएको हो। ट्रकमा मोटरसाईकल ठोक्किदा दुर्घटना भएको बताईएको छ। 

पोखराबाट तनहुँतर्फ जादै गरेको ना १४ प ३८५२ नम्बरको मोटरसाईकल ना ३ ख ६५९ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो। ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन्।