स्कुलमा सहयोगार्थ,नेदरल्याण्ड्सबाट शालिकको “संकल्प”


बार्सिलोना/ डायस्पोरामा रहेका नेपाली संगीत पारखीहरुको लागि नेदरल्याण्ड्सबाट शालिक गौतमले “संकल्प” लिएर आउँने भएका छन्।एल्बमको बिक्री बितरणको रकमले स्कुलमा सहयोग पुर्याउँने “संकल्प” बोक्दै आफ्नै रचनामा एल्बम तयार पारेका हुन्। गीति एल्बममा प्रेमभाब,बिछोड,राष्ट्रियता सबै खाले भावानालाई उठान गरेको गौतमको दावी छ।

एल्बम बारे जानकारी दिदै गीतकार गौतमले भने,” बिशेष गरी युरोप,मध्य पुर्व,अष्ट्रेलियामा एल्बम विक्री वितरण गर्ने लक्ष्य सहित ल्याउँन लागेको हुँ ,यहाँहरुको माया सद्भाव र सहयोगको खाँचो छ। एल्बम बिक्रिको रकमले नेपालको कुनै एक बिद्यालयमा सहयोग पुर्याउँने छु।” उनले एल्बम बिमोचनको समेत तयारी गर्दै छन्।

नेपाली गीति एल्वम संकल्पमा नवोदित संगीतकार आलोक शर्माको संगित रहेको छ भने चर्चित गायक प्रमोद खरेल, बानिका प्रधान, भानुभक्त ढकाल,आलोक शर्मा लगायतको स्वर रहेको छ ।

दुई दिने मायाको भिडियो सार्बजनिक

बहु चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको “दुई दिने माया” को म्युजिक भिडियो युट्युवमा सार्बजनिक भएको छ। संकल्प एल्बममा नै समाबेश,सो गीतको भिडियो नेदरल्याण्ड्समा नै छायाँकन गरी तयार गरिएको हो। भिडियोमा रिकसोम पुन,अनिश गिरी र सुनिता बुढाथोकीले अभिनय गरेका छन्।

अन्य गीतहरुको पनि क्रमश: भिडियोहरु ल्याउँने संकल्प बोकेका गौतमले जिनियस म्युजिक कम्पनीबाट एल्बमलाई बजारमा ल्याउँने तयारी गर्दै छन्।