सालिक (कविता)


– प्रकास बज्रचार्य

सालिक
एउटा बिम्ब
एउटा गाैरब हाे।
देशकाे ईतिहास हाे।
सालिक
एउटा सम्मान
एउटा समर्णप हाे।
राष्ट्रकाे गहना हाे।
सालिक
न त तिम्राे
न त मेराे
हाम्राे हाे।
तर अहिले हाम्रो सालिक भएनछ।
तिम्राे धर्मकाे
तिम्रो बर्गकाे भएछ।
या मेरो प्रदेशकाे
या मेरो जातकाे भएछ।
सालिक
जसमा राजनीति घुसेछ।
एउटा तन्त्रले अर्को तन्त्रकाे सालिक ढलाएछ।
सालिक
पञ्चायतकाे प्रजातन्त्रले फालेछ।
प्रजातन्त्रकाे गणतन्त्रले उखलेछ।
ईतिहास मेटिएकाे छ।
चाेक चाेककाे नाम फेरिएको छ।
चाेक चाेकमा नयाँ नयाँ सालिक ठडिएकाे छ।
भन्छन,नयाँ नेपाल रे।

(कवि साईकल सिटी पोखराको उपाध्यक्ष पनि हुनुहुन्छ।)