नेपाल स्पेन समाजको दर्ता प्रकिया पुरा,अस्थायी कार्यालय संचालनमा


बार्सिलोना/ नेपाल स्पेन समाज कोस्टाब्लान्काले सँस्थालाई बैधानिक रुपमा दर्ता गराएको छ। राजनीतिक,जातीय क्षेत्रीय रुपमा संघ-सँस्थाहरु खोल्ने क्रम बढीरहेको बेला समाजले स्पेनमा नै बैधानिक रुपमा समाजलाई दर्ता गराएको हो। समाजका अध्यक्ष रितेश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकबाट यो बारे जानकारी गराईएको छ। यस अघि दर्ता गराउँन प्रयासहरु भए पनि हाल आएर पूर्णता पाएको हो।

यस्तै नेपालीहरुको समस्यालाई सहज ढंगले समाधान गर्न समाजले आफ्नै कार्यालय स्थापनाको पहल गर्ने बताउँदै हाललाई अस्थायी कार्यालय सुरु गरेको जनाएको छ। दिउँसो १२ बजे देखि २ बजे सम्म कार्यसमितिका पदाधिकारीहरुसँग सम्पर्क हुन सकिने गरि कार्यालय संचालन गरिएको समाजले जनाएको छ।

समाजले आर्थिक पारदर्शीताका लागि समाजको नामबाट बैङ्कमा खाता खोल्ने निर्णय गरेको छ। यस वर्ष देखि नेपाली नयाँ वर्षको दिन बिशेष कार्यक्रमको आयोजना गर्दै नयाँ बर्षलाई स्वागत गर्ने निर्णय भएको समाजले जनाएको छ। हरेक नयाँ बर्षमा आयोजना गरिने बिशेष समारोहमा ,सम्मान कार्यक्रम,समाजका बार्षिक गतिबिधिहरु प्रस्तुत गरिने भएको छ। हालै नयाँ कार्यसमिति गठन पछि समाजको पहिलो औपोचारिक बैठकले बिबिध निर्णयहरु गरेको हो।

समाजका अध्यक्ष रितेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष ईश्वर गौतम,महासचिवमा सुरेश बज्राचार्य, सचिव मुक्तिनाथ पौडेल, सह-सचिवमा शुष्मा ढुंगाना, कोषाध्यक्षमा कोशिष राज महर्जन,सह-कोषाध्यक्षमा रोजिना श्रेष्ठ, महिला संयोजक झरना बास्तोला,उप-संयोजकमा हौसला हमाल (पुनम) ,युवा संयोजक निरज लुइँटेल ,सदस्य तथा सो क्षेत्रका संयोजकहरुमा श्रीधर भुजेल थापा (खाबिया) रुद्र खत्री (डेनिया) दिपेन्द्र भुषाल (मोराइरा) विजय थापा (काल्पे) र किरण पौडेल (आलीकान्ते) लगायतको उपस्थिति रहेको थियो।