एन आर एन डेनमार्कले अध्यागमन विज्ञ वकिल संग कानूनी परामर्श कार्यक्रम आयोजना गर्ने।


कोपनहेगन।  एन आर एन डेनमार्कले नेपालीहरुको अध्यागमन तथा कानुनी समस्याका बारेमा स्थानिय डेनिस वकीलसंग एकदिने कानुनी परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ ।   कार्यक्रममा  नेपालीहरुलाई डेनमार्कमा भोग्ने गरेको कानूनी अड्चनको बारेमा वकिलले  निशुल्क परामर्श दिनेछन। परामर्श दिनको लागि डेनिस वकील ओज क्राम्प रहेका छन् जसले विगतमा धेरै नेपालीहरुलाई विगतमा परामर्श गरेका थिए।

डेनमार्कमा हरेक छ छ महिनामा नियम परिवर्तन हुने भएकोले कानूनी विषयमा यहाँ रहने नेपालीहरु परिवर्तीत नियमको बारेमा अपडेट हुन चाहिरहे पनि उचीत जानकारीको अभावमा झमेला बेहोर्दै आएका थिए।  के कसो गर्दा कस्तो परिणाम आउने भन्ने उचीत जानकारी नहुँदा धेरै नेपालीहरुले दुख पाउने देखि डिपोर्ट हुने सम्मको समस्या रहँदै आएको छ।  झन् अहिलेको डेनमार्कको नयाँ सरकारको नयाँ  नियमको परिवर्तीत सन्दर्भमा एन आर एनले गर्न लागेको कार्यक्रम निकै सान्दर्भीक हुने देखिएको छ ।

वकीलसंगको परामर्श कार्यक्रम तीन वर्ष अगाडी को एन आर एन डेनमार्कका अध्यक्ष मोहन मिश्रको पालामा शुरुवात भएको थियो भनेविविध कारणवश बीचमा नियमीत हुन सकिरहेको थिएन। तर हाल यस्तो कार्यक्रमलाई नियमीत गर्न लागिएको र  त्यसैलाई अहिले निरन्तरता दिन लागिएको एन आर एन डेनमार्कका सचीव तथा प्रवक्ता रमेश काफ्लेले बताए।  उनले बताए अनुसार एन आर एनले यससम्बन्धी सुचना एनआरएनको वेवसाइट र फेसबुक साइटमा राखीसकिएको छ।

यसै सन्दर्भलाइ लिएर एन आर एन डेनमार्कले यो अवसरको पुरा सदुपयोग गर्न सबै नेपालीमा आग्रह गरेको छ। एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले बताए अनुसार हाल परिवर्तन भएको नियमलाइ मुख्य आधार बनाएर यो कार्यक्रम गर्न लागिएको हो।  यसबाट नेपालीहरु लाभान्वीत हुनेमा आँफु आशावादी भएको पनि उनले बताए।

हाल करीब दुइ हजार चार सयको हाराहारीको संख्यामा रहेका नेपालीहरु हाल सम्म निकैले कानुनी अड्चन बेहोरेका छन् । डेनमार्कको अध्यागमन कानुन निकै कडा मानिन्छ र कानुन पालना गराउने सवालमा अध्यागमनले कुनै कसर बाँकी राख्दैन । तर पनि कतिपय कानूनका कुराहरु विदेशिएका सामान्य नेपालीहरुलाई थाहा नहुनु स्वाभाविक हो र त्यसैको कारणले बेलाबेलामा नेपालीहरु कानूनी अड्चन भोग्ने गर्दछन । यसै कुरालाई मध्यनजर गर्दै एन आर एनले

पहिल्यै सल्लाह लिन सकेको खण्डमा उचित बाटो आफुले देखाउन सक्ने वकील ओज क्राम्पले बताउंदै आएका छन् र यो उनले गर्दै आएका पनि छन् । यो अवसरको फाइदा उठाउन एन आर एन डेनमार्कले आग्रह गरेको छ।  निम्न मिति, समय र स्थानमा उक्त कानूनी परामर्श कार्यक्रम हुने एन आर एनले जनाएको छ।

मिति: १७ जनवरी आइतबार

समय : १२ :०० बजे

स्थान: Bispeparken 17B, 2400 Copenhagen

 

तपाईको प्रतिक्रिया