आतंककारी त्रास: युरोपका नेपाली कति असुरक्षित ?


वसन्त रानाभाट/बार्सिलोना । गत नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको हमलापछि युरोपमा अझै पनि आतङ्ककारी त्रासको मनस्थिति हट्न सकेको छैन । नयाँ बर्षमा युरोपमा गरिँदै आएका विभिन्न कार्यक्रमहरु, सुरक्षाको दृष्टिकोणले रद्द गरिएपछि आतङ्ककारी हमलाको त्रास अझै नघटेको पुष्टि भएको हो ।

नयाँ बर्षलाई नै लक्षित गर्दै बेल्जियमको राजधानी ब्रसेल्समा आक्रमणको षडयन्त्र भएको भन्दै, हरेक बर्ष त्यहाँ गरिंदै आएको आतिशबाजी कार्यक्रम समेत रद्द गरियो । आक्रमण गर्ने षडयन्त्र बारे छानबिन तथा खोजतलासीको क्रममा बिहीबार प्रहरीले ६ जनालाई प्रकाउ गरेको छ। भने यसअघि मंगलबार प्रकाउ परेका २ जनालाई थुनाको अवधिसमेत बढाइएको छ।

बेल्जियम

नेपाल पत्रकार महासंघ युरोप शाखाका निवर्तमान अध्यक्ष महेश थापाले पेरिस आक्रमणको योजना नै ब्रसेल्समा बनेका कारण केही असुरक्षित ठानिएको बताउँछन् । बेल्जियममा १३ बर्षदेखि बस्दै आएका पत्रकार थापाले भने, -‘ब्रसेल्स स्थित ‘मेलान्बिक’ क्षेत्र आतङ्ककारीको निशाना जस्तो ठानिएको छ, तर अन्य ठाँउहरु भने सामान्यता सुरक्षित मानिएका छन् ।

सोही जिल्लाबाट पेरिस हमलाको योजना बनेको हुनाले पनि सुरक्षाको हिसाबले संबेदनशील ठानिएको हो।’ आतङ्ककारी गतिविधिहरुका योजनाहरु बन्ने ठानिएको मेलान्बिक क्षेत्रमा, केही नेपालीहरु पनि बसोबास गर्दै आएको थापा बताउँछन्।

151231141126_belgium_new_year_plot_to_attack_624x351_apब्रसेल्समा हुने भनिएको आतिशबाजी रद्द गरिएको भए पनि बेल्जियमका रहेका नेपालीहरुले हर्ष उल्लासका साथ नयाँ बर्ष मनाएको थापा बताउँछन्। ‘आतिशबाजी ब्रसेल्समा मात्र रद्द भएको हो । तर, नेपालीहरुको बाक्लो बसाइ रहेका ठाउँहरु आत्रोपन, लुभेन, ब्रुजमा लगायतका शहरहरुमा भने उल्लासका साथ नयाँ बर्षका कार्यक्रमहरु सम्पन्न भएका छन्। बेल्जियममा नयाँ बर्ष खल्लो भन्ने होईन यहाँको सरकार राष्ट्रिय सुरक्षा मजबुत होस् भन्ने चाहन्छ,त्यसैले आतङ्ककारी गतिविधि निर्मूल पार्न पूर्ण सचेतजस्तो देखिन्छ,’ थापाले भने।

बेल्जियम सरकारले सुरक्षा व्यवस्था कडा पार्दै जाँदा अवैधानिकरुपमा रहेका आप्रबासीहरुलाई पनि प्रकाउ गर्दै घर पठाउँन सुरु गरेको छ। लुकीछिपी बिना कागजमा (अबैधानिक) काम गर्दै आएका नेपालीहरुलाई बेल्जियमको पछिल्लो सुरक्षा ब्यबस्थाले भने अप्ठयारोमा पारेको छ।

फ्रान्स

विगत २५ बर्षदेखि पेरिसमा बस्दै आएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले अहिलेको परिस्थितिलाई सहज र असहजको रुपमा ब्याख्या गर्छन्। उनले भने,”सुरक्षित र असुरक्षित भन्नु भन्दा पनि वातावरणा सहज कि असहज हो भन्ने लाग्दछ। त्यसैले अहिले पेरिसको वातावरण असहज हो भन्ने ठान्दछु।”

गत नोभेम्बरको पेरिस आक्रमणलाई सम्झँदै उनले भने,”आक्रमणको निशानी रहेको कन्सर्ट हल नजिकिँदै मेरो घर छ, अर्कोतर्फ आक्रमण भएको ठाउँ फुटबल स्टेडियम नजिकै काम गर्छु, कि म घरमा वा कामतिर व्यस्त हुनुपर्छ। आफू बस्ने र काम गर्ने नजिकै ठूला ठूला घटना भएका कारणले पनि मनमा कता – कता डर भने हुने नै रहेछ।”01BATACLAN-master675फ्रान्समा अझै पनि संकटकालको अबस्था रहेको बताउँदै, जता हिँडे पनि सुरक्षाकर्मी नै देख्दा झन् घटनालाई सम्झेर सहज महशुस नहुने अर्याल बताउँछन्। “जबसम्म पहिलेजस्तै निर्धक्क हिँड्न सक्ने वातावरण बन्दैन, तबसम्म यो अवस्था त आइ नै रहन्छ। यो अहिले पेरिसले मात्र भोगेको छैन, ब्रसेल्स, बर्लिन होस् वा संसारभर नै अहिले आतङ्ककारी त्रास बढेको छ।”

सुरक्षाकर्मीलाई शंका लागी सोधपुछ गर्नेबित्तिकै सुरुमा नै परिचयपत्र देखाउनुपर्ने हुँदा, अबैधानिकरुपमा बस्दै आएकाहरुलाई समस्या पर्न थालेको छ, अर्यालले भने।
ठूलो सुरक्षा अभियान चलाइरहेको फ्रान्सले, नयाँ बर्षमा पेरिसमा गर्दै आएको आतिशबाजी यस पटक भने रद्द गरेको छ।

जर्मनी

नयाँ बर्षको स्वागत गरिँदै गर्दा जर्मनीमा आतङ्ककारी हमालको खतरा भनिएपछि सर्वसाधारण माँझ त्रासको वातावरण बढ्यो। केही रेल स्टेशनहरु खाली गर्दै म्युनिख प्रहरीले नै हमला हुन सक्ने सुचना पाएको बताएपछि त्रास बढेको थियो। ३ बर्षदेखि अध्ययनको सिलसिलामा जर्मनी बस्दै आएका राजु गौतमले नयाँ बर्षको पूर्वसन्ध्यामा आतङ्ककारी हमालको खतरा भनिएपछि स्वभाविक रुपमा डर लागेको बताउँछन्।_87422088_3b9a620d-ae70-4d20-92ad-0217ffa127e7गौतमले भने,”नयाँ बर्षमा बाहिर निस्कने योजना हुन्छ, चाडबाडमा भिडभाड त अबश्य नै हुन्छ,यस्ता सूचनाले मनमा त्रास त आउँछ नै।” युरोपमा असुक्षित छौं त भन्न त सायद मिल्दैन । तर, आप्रवासीहरु संख्या दिनानु दिन जर्मनमा बढिरहेका बेला, आतङ्ककारीहरुले यसैको फाइदा लिन सक्नेमा भने हामी सधैँ सचेत हुन जरुरी छ, गौतमले थपे।

स्वीटजरल्याण्ड

बिगत ९ बर्षदेखि स्वीटजरल्याण्डमा बस्दै आएका गुणराज शर्मा आतङ्ककारी हमलाको खासै त्रास नभएको बताउँछन्। नयाँ बर्षलाई स्विसबासी नेपालीहरुले हर्ष उल्लासका स्वागत गरेको बताउँदै शर्माले भने,”युरोपमा नै आतङ्ककारी त्रास बढिरहेका बेला हामी पूर्ण सुरक्षित छौं त भन्न त मिल्दैन, तर मनमा कुनै डर वा त्रास भने छैन।

पेरिस, ब्रसेल्स, बर्लिनमा भन्दा स्वीटजरल्याण्ड बढी सुरक्षित देखिन्छ।”
शर्माले नयाँ बर्षलाई जेनेभा, जुरिच, बासेल लगायतका ठाउँहरुमा आतिशबाजी गर्दै स्वागत गरिएको बताए। बिशेष गरी नेपालीहरुले आफन्त साथीभाबीच घरैमा जमघट गर्दै नयाँ बर्ष मनाएको उनी बताउँछन्।

नेदरल्याण्ड

युरोपका केही मुलुकहरुमा आतङ्ककारी त्रास बढिरहेका बेला नेदरल्याण्डमा भने खासै प्रभाव नपरेको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ग्लोबल कमिटिका अध्यक्ष पुष्प बरुवाल बताउँछन्।उनले भने,” प्रभाव नपरेजस्तो देखिए पनि योपटक आतिशबाजी हेर्न जानेहरुको संख्या भने केही कम देखियो, कामको व्यस्थता वा केही त्रासका कारण पनि हुन सक्छ।”

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङ हल्लै हल्लाले पनि बढी त्रास बढेको बताउँछन्। गुरुङले भने,” नयाँ बर्षको स्वागत गर्दै गर्दा कसै कसैले साइकल बम राखेको छ भनेर हल्ला चलाए, आखिर त्यस्तो होइन रहेछ। मलाई लाग्छ, सुरक्षाको दृष्टिकोणले अहिलेसम्म नेदरल्याण्ड सुरक्षित देखिएको छ।” यकिन तथ्याङ्क नभए पनि नेदरयाण्डमा करिब ३ हजारको संख्यामा नेपालीहरु रहेको अनुमान गरिँदै आएको छ।_87432235_87432230यता स्पेन, डेनमार्क, पोर्चुगल लगायतका युरोपियन मुलूकमा रहेका नेपालीहरुका अनुसार पनि आफुलाई असुरक्षित नै महशुस नगरे पनि भिडभाडमा जाँदा, मेट्रो चढ्दा, फुटबल खेल भएका दिनहरुमा बढी घुईचो हुँदा कतै कतै मनमा डर लाग्ने गरेको बताउँछन्।

युरोपियन मुलुकहरुमा आतिशबाजी लगायतका अन्य कार्यक्रमहरु गर्दै नयाँ बर्षलाई स्वागत गरिने हुँदा योपटक भने निकै ठुलो सुरक्षा साबधानी अपनाइएको थियो।
पेरिसमा गत नोभेम्बरमा मुस्लिम अतिवादी समूह आइएसको संलग्नतामा सयौंको ज्यान जाने गरी आक्रमण भएपछि युरोपमा रहेका नेपालीहरुमा पनि कुनै कुनै रुपमा त्रास बढेको पाइन्छ।

अबैधानिक आप्रबासीहरुलाई डर

युरोपको पछिल्लो सुरक्षा ब्यबस्थाका कारण अबैधानिक रुपमा बस्दै आएका आप्रबासीहरुलाई चिन्तित तुल्याएको छ। लुकीछिपी काम गर्दै र कमाउँदै आएका आप्रबासीहरुलाई कडा सुरक्षा व्यवस्था माझ, चेकजाँच बढी हुनाले “कतै समातिने पो हो कि” भन्ने एक छुट्टै त्रास बढेको पाइन्छ।

कमाउने सपना देखेर युरोप छिरेका तर, बिभिन्न परिस्थितिका कारण अबैधानिक रुपमा रहँदै आएका नेपालीहरुलाई युरोपको कडा सुरक्षा व्यवस्थाले चिन्तित तुल्याएको छ। कतिपय युरोपियन मुलुकहरुमा विना कागत ( अनुमति बिना) बस्दै र काम गर्दै आएका आप्रबासीहरुलाई फेला पारेमा सिधै घर पठाइदिने हुँदा पनि चिन्ता बढेको हो ।