गोर्खाहरुका समस्याबारे,अध्ययन गरेर पहलकदमी लिन्छु -शेष घले


लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले गोर्खाहरुलाई परेको समस्याबारे पहलकदमी लिने बताएका छन्। लण्डनमा शनिबार भएको अन्तरक्रियामा गोर्खा गैरआवासीय नेपाली नागरिकताकाका सम्बन्धमा संविधानले पूर्व गोर्खाहरुलाई भेदभाव गरेको भन्ने गोर्खा अगुवाहरुको गुनासो सुन्दै त्यसबारे विस्तृतमा अध्ययन गरेर समस्याबारे पहलकदमी लिने बताएका हुन्।

अन्तरक्रियालाई शनिवार सम्बोधन गर्दै अध्यक्ष घलेले भने,”‘सर्भिङ आर्मीमा भएको नेपाली नै हुनुपर्छ भन्ने जुन कुरा छ त्यो परिभाषालाई विस्तृतमा अध्ययन गर्छौं ।’‘यहाँको चाहना र हाम्रो चाहना एउटै हो, त्यो भने नबाझिनेगरी अगाडी बढाउँछौं ।’

संवोधनका क्रममा अध्यक्ष घलेले गोर्खा समुदायको खुलेर प्रसंसा गरे। ‘यहाँहरु आफ्नो गाउँ छाडेर, जिन्दगीभरी अर्काको लागि लडेर पनि आज बिदेशी भूमीमा आफ्नै देशजस्तो मानेर यो समाजमा योगदान दिइरहनुभएको छ’ अध्यक्ष घलेले भने,”‘यो समाजमा उत्कृष्ट नागरिक बनेर बिभिन्न क्षेत्रमा उपलब्धि गरिरहनुएको छ, आफ्नो संस्कृति, सम्पदा र भाषालाई समेत संरक्षण गरिरहनुभएको छ । यसका लागि म यहाँहरुलाई बधाइ दिन चाहान्छु ।”

उनले नयाँ संविधानले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने ब्यबस्था गरेपनि कानुन नबन्दासम्म त्यसको सुनिश्चितता नहुने बताएका छन्। संविधान बमोजिम ऐन र नियमावली नबनेसम्म निरन्तर पहलकदमी र खवरदारी जरुरी रहेको भन्दै घलेले यस्तो बताएका हुन्।12482875_10153240791228639_1049177337_o‘संविधानमा जे ब्यबस्था भएको छ, त्यो एउटा स्टेप मात्र हो, हामीले निरन्तरताकै लागि कोसिस गर्ने हो’ अध्यक्ष घलेले भने,” नियमावलीहरु बनाउनै बाँकी छ, त्यहाँ कस्ता जटिलता आउँछन् वा कस्तो ब्याख्या हुन्छ त्यसले हाम्रो नागरिकताको मागलाई कानुनीरुपमा सम्बोधन गर्ने हो । त्यसैले हामी निरन्तर त्यसका लागि लागिरहेका छौं ।” पूर्वगोर्खाको समस्या एउटै भएता पनि विश्वासको वातावरण बन्न नसक्दा आफ्ना मागलाई प्रस्तुत गर्ने तरिका फरक–फरक भएकाले सबै पक्ष मिलेर जान अध्यक्ष घलेले आग्रह गरे ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राई, गोर्खा ब्रिटिस वेलफिर सोसाइटी (बिजीडब्लुएस) उपाध्यक्ष ओमन्द्र गुरुङ,गैरआवासीय नेपाली संघका यूरोपका पूर्वउपसंयोजक लक्षबहादुर गुरुङ,गोर्खा सत्याग्रह समितिका सचिव नरेश काङनाम राई,सत्याग्रह संर्घष समितिका कार्यवाहक संयोजक सूर्य नेम्वाङ लगायतले पूर्वगोर्खाको समान पेन्सन र अधिकारका लागि नेपाल सरकारको तर्फबाट पहल गर्नु पर्नेमा जोड दिए।

एनआरएन यूकेका सचिव कृष्ण तिवारीले सञ्चालन गरेको कार्यक्रममा चन्द्रबहादुर बुढाथोकीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा पूर्वगोर्खाहरु, गैरआवासीय नेपाली संघका सल्लाहाकार विश्वआर्दश पण्डित, यूरोप संयोजक कुल आचार्य, नेसाका अध्यक्ष केशबहादुर गुरुङ, एनआरएन यूकेका संरक्षक सूर्य गुरुङ, थर्क सेन, सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो ।