ग्यास बितरणलाई ब्यबस्थित गरिने


कृष्ण रानाभाट /पोखरा, १५ पुस ।

पोखरा उपमहानगर पालिका वडा न. ९ मा ग्यास उपभोक्ता कार्ड वितरण गरिने भएको छ ।

मङलबार वडा कार्यालयमा वडा सचिब लोक दर्शन कोइरालाको अध्यक्षता बसेको टोल बिकास सस्था तथा महिला समुहका प्रतिनिधिहरुको बैठकले ग्यास बितरणलाई बेबस्थित बनाउन उपभोक्ता कार्ड बितरण गर्ने निर्णय गरिएको हो।

त्यसको लागि टोल बिकास सस्थालाइ जिम्मा दिने र बितरणलाई प्रभावकारी बनाउनको लागि अनुगमन समिति समेत गठन गरिने पनि बताइएको छ।

वडा सचिव लोकदर्शन कोइरालाको सयोजकत्वमा आमा समुह, टोल बिकास सस्था समन्वय समिति, नागरिक मन्च, राजनैतिक दलका प्रतिनिधि रहेकोे अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ।

उपभोक्ता कार्ड बितरण गर्दा घर भाडामा बस्नेहरूले पनि घरबेटीको सिफारिसमा कार्ड बनाउन सक्ने वडा सचीव लोकदर्शन कोइरालाले बताए ।