ल्होछारमा हुने लागेको शान्ति तथा स्वस्ती पुजाको सम्पूर्ण तयारी पुरा


बार्सिलोना/ देशमा भूकम्पमा परी हजारौले ज्यान गुमाएको बर्ष २०१५ को ल्होछारमा, तमु समाज स्पेनले गर्न लागेको शान्ति तथा स्वस्ती पुजाको सम्पूर्ण तयारी पुरा भएको छ। बिगत ८ बर्ष देखी तमु ल्होछारको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम गर्दै आए पनि, भुकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झना गर्दै समाजले यस पटक भने शान्ति तथा स्वस्ती पुजा गर्न लागेको हो। आगामी जनवरी १ तारिक बार्सिलोना स्थित कासाडेल टिबेटको हलमा कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ।

तमु समाज स्पेन कि अध्यक्ष ज्योती गुरुङले भनिन्,”सधैँ ल्होछारमा नाचगान र रमाईलो कार्यक्रम हुन्थ्यो तर यो बर्ष धेरै दुखत घटनाहरु भए, त्यसैले रमाईलो कार्यक्रम राखिएन। हामीले आयोजना गर्ने यो नवौ कार्यक्रम हो तर यो पटक देशमा शान्ति होस् भन्दै पुजाको आयोजना गरेका हौ,सम्पूर्ण तयारी पुरा भईसकेको छ,स्पेनबासी संघ संस्थाका प्रतिनिधिहरुलाई यसमा सहभागी बन्न अनुरोध गर्दछौ।”

सन् २००७ मा स्थापना भएको समाजले गत डिसेम्बर २८ तारिक बार्सिलोनामा तेस्रो अधिवेशन सम्पन्न गर्दै ल्होछार बिशेष कार्यक्रम सम्पन्न गरेको थियो। हरेक बर्ष ल्होछारको उपलक्ष्यमा कार्यक्रम राख्दै आएको समाजले बिगत आठ बर्ष सम्म तमु गीतहरु,कौडा नृत्य,सालैजु नृत्य,लगायतका नेपाली सस्कृति झल्काउने प्रस्तुती सहित, ल्होछार मनाउँदै आएको छ। यस पटक पुजाको आयोजना गरे पनि आगामी बर्षहरुमा भने बिगतमा झैँ रमाईलो गर्दै ल्होछार मनाउँने समाजले जनाएको छ।

कार्यक्रम बारे पूर्ण जानकारी

मिति:- जनवरी १ तारिक,२०१६
समय:- साँझ ५ बजे देखि
स्थान:- कासा डेल टिबेट calle/Rossello 181 (Esquina Aribau)
Metro – L5 Diagonal, Bus, 33,34,(H8)

प्रबेश शुल्क – ५ युरो (खानाको ब्यबस्था)