एनआरएनए बिबाद अब लम्बिदैंन – उपाध्यक्ष कुमार पन्त


बसन्त रानाभाट,बार्सिलोना /
गैर आबासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तले एनआरएन भित्रको बिबाद अब नलम्बिने भन्दै गैर आबासीयहरुलाई ढुक्क हुन अनुरोध गरेका छन्। पन्तले बिबाद लम्बाएर, यो कुन पक्षको वा विपक्षको हो भन्ने खाले बाताबरण गैर आबासीय माँझ नरहने बताउँदै यस्तो बिश्वास दिलाएका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले शुक्रबार बार्सिलोनामा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष पन्तले भने, “एनआरएनए एकता बद्द भए मात्र, केहि काम गर्न सकिन्छ भन्नेमा हामी एकदमै सचेत छौ। यहाँ सधै एकताको जरुरी छ। बरु जति सुकै लचिलो भएर पनि यो संस्थालाई कमजोर हुन दिदैनौ भन्नेमा बिश्वास दिलाउन चाहन्छु।”

बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा अहिलेको बिबादलाई प्रबेश गर्न नै नदिने बताउँदै, पन्तले बिधानको अस्पष्टता बारे बिधान कमिटीबाट ब्याख्या गरेर निष्कर्षमा पुग्नु पर्नेमा जोड दिए।

हाम्रो हस्ताक्षर अबिश्वास प्रस्ताव हैन

अध्यक्ष घले बिरुद्द १६ जना पदाधिकारीको हस्ताक्षर बारे सहभागीले राखेको जिज्ञासा बारे,उपाध्यक्ष पन्तले अध्यक्ष बिरुद्दको अबिश्वासको प्रस्ताव नरहेको स्फ्ष्ट पारे। पन्तले भने,”बाहिर समाचारमा आउँदा अध्यक्ष बिरुद्दको अभियान जस्तो गरी सम्प्रेषण भयो तर त्यस्तो होईन। बिधान अनुसार साथीहरुलाई चित्त बुझेको छैन भने अध्यक्षले लेखेर दिनुहोस् भन्नु भयो। त्यही अस्पष्टता बारे,बिचार सहित १६ जनाले हस्ताक्षर सहित लेखेर दिएका मात्र हौ।”1397198_1075371615830331_4278129941734570274_oतर बाहिर मिडियामा आउँदा अबिश्वासको प्रस्ताब जस्तो पनि देखिएको भन्दै पन्तले थपे,” यस्तो बिल्कुल हैन,बिधान अनुसार, हामीलाई यस्तो लाग्छ भनेर धारणा मात्र दिएका हौ, हाम्रो बुझाई सही पनि हुन सक्छ वा गलत पनि हुन सक्ला त्यसैले बिधानको अस्पष्टता बारे क्लियर हुनु पर्छ भन्ने मान्यता हो।”

यस बारे व्याख्या गर्ने बिधान समिति रहेको हुनाले, अब त्यहीबाट अहिलेको बिबाद टुङ्गाउँनु पर्नेमा पन्तले जोड दिएका छन्। उनले भने,”यो बारे म आँफै क्लियर हुन चाहान्छु, आजको दिन सम्म क्लियर भएको छैन, यो नै हाम्रो मुख्य सवाल हो। क्लियर गर्ने निकाय बिधान समिति छ, ढुक्क हुनुहोस् त्यहीबाट नै बिबादको अन्त्य हुन्छ।”

“सोही पदले” खलबल ल्यायो

अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयन सम्बन्धी नियमावली २०१३ को नियम ३.४ मा उल्लेख भए बमोजिम राष्ट्रिय अधिवेशनको निर्वाचनमा पराजित, अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी पदमा पराजित ब्यक्तिलाई सोही पदमा सोही कार्यकालका लागि मनोनित गर्न मिल्दैन भनिएको छ । यहाँ उल्लेख भएको “सोही पदमा” भन्ने शब्दले बिबाद सृजना गरेको पन्तले स्पष्ट पारे।

“उपाध्यक्ष महासचिव,सचिव कोषाध्यक्ष पदमा मनोनित गर्न मिल्दैन बाँकी सदस्य र प्रवक्ता रह्यो। भने पछि पराजित ब्यक्तिलाई सोहि पदमा मनोनयन गर्ने भन्नाले कुन पदमा मनोनित गर्ने ? त्यसैले बिधानमा भएको अस्पष्टताले नै अहिलेको बिबाद सृजना गराएको हो। पहिले हलमा हामी सबैले ताली बजाएर बिधान पारित गर्यौ तर यसले अहिले यति ठुलो तरङ्ग ल्यायो,त्यसैले यसको ब्याख्या बिधान कमिटीबाट हुनु पर्छ” उपाध्यक्ष पन्तले भने।

नेतृत्वलाई सफल बनाउँनु पर्छ

उपाध्यक्ष पन्तले आँफु सधैँ नेतृत्वलाई सफल बनाउने पक्षमा रहेको बताएका छन्। उनले भने,” नेतृत्वलाई सधै काम गर्न दिनुपर्छ भन्ने मान्यता मेरो पनि हो, संस्थामा बिबाद आउँछन् तर मिलेर सल्टाउन सक्नु पर्छ।” सहभागीहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा पन्तले अध्यक्षलाई सफल बनाउँन, चाहे पहिले होस् अहिले सधैँ आफ्नो साथ रहने बताए।10014842_1075371589163667_6054189750143723559_oपहिले – पहिले पनि संघमा बिबाद आउँने गरेको भएपनि अध्यक्ष र महासचिबले छलफल/परामर्श गर्दै बैठकबाट निचोड दिने गरेको स्मरण गरे। उनले भने,” यो अगाडीको कार्यकालमा नियुक्तिको विषयमा, अहिलेको भन्दा पनि बढी भद्रगोल स्थिति थियो। आईसीसी बैठक नै सार्नु पर्यो तर २ महिना पछि छलफलबाट नै नियुक्ति प्रक्रिया पुरा गरेका थियौ।”

आईसीसी सदस्यहरु सहितको ग्रुप्र मेलमा राखिएका बिचारहरु मिडियामा सार्बजनिक हुनाले पनि एनआरएनमा  बिबाद ठुलो जस्तो देखिएको पन्तले सुनाए। उनले भित्रको गोप्प बिचार र बहसलाई सँस्था भित्र नै राख्न, सबै सदस्यहरु सचेत हुनु पर्नेमा पनि जोड दिए। आँफुले सँस्था भित्र राखेका बिचारहरु पनि अनाबश्यक रुपमा बाहिर मिडियामा सार्बजनिक भएर आउँदा दुख लागेको बताउँदै उनले आन्तरिक कुरा घर भित्र मिलेर नै सल्टाउए मात्र संघ सधैँ बलियो देखिने बिचार ब्यक्त गरे।

गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी लगायत स्पेन स्थित संघ सँस्थाका प्रतिनिधीहरुले बिचार ब्यक्त गरेका थिए। एनआरएन स्पेनको नयाँ खोलिएको कार्यलयमा भएको कार्यक्रम पछि उपाध्यक्ष पन्तले कार्यलय अबलोकन समेत गरे।

तपाईको प्रतिक्रिया