एन्सेलोटी बार्यन म्युनिखको नयाँ प्रशिक्षक बन्ने,ग्वोर्डिओलाले छाड्ने घोषणा


काठमाडौं । प्रशिक्षक पेप ग्वोर्डिओलाले सिजनको अन्त्यमा बार्यन म्युनिख छाड्ने घोषणा गरेका छन् । उनको स्थान कार्लो एन्सेलाटीले लिनेछन् । ४४ वर्षका स्पेनिस ग्वार्डिओला म्यानचेष्टर सिटी, युनाइटेड, चेल्सी वा आर्सनल जान सक्छन् । २०१३ मा जर्मन गएका ग्वार्डिओलाले बार्यन म्युनिखलाई दुई बुन्डेजलिगा र एक जर्मन कप जिताए ।
बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलाले चार वर्षमा १४ उपाधि दिलाएका थिए ।ग्वार्डिओलाले छाडेपछि कार्लो एन्सेलोटी बार्यन म्युनिखको नयाँ प्रशिक्षक बन्ने भएका छन् ।

बार्यनले ग्वार्डिओलाले क्लब छाड्ने र एन्सेलोटी नयाँ प्रशिक्षक बन्ने एकसाथ घोषणा गरेको छ । ५६ वर्षका एन्सेलोटीलाई २०१५ को मेमा रियल मडि्रडले बर्खास्त गरेको थियो ।