क्लब वर्ल्डकप च्याम्पियनको उपाधि बार्सिलोलालाई


काठमाडौं । क्लब वर्ल्डकप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । यससँगै स्पेनिस क्याटलानले २०१५ मा पाँचौ  उपाधि उचालेको छ । तीन पटक क्लब वर्ल्डकप प्रतियोगिता जित्ने बार्सिलोना पहिलो क्लब हो ।

बार्सिलोनाले यस वर्ष यसअघि नै स्पेनिस लिग, स्पेनिस कप, युरोपियन च्याम्पियन्स लिग र युरोपियन सुपर कपको उपाधि जितेको थियो । त्यसमा आइतबार फिफा क्लब विश्वकपको उपाधि थपेको हो ।

अर्जेन्टिनी क्लब रिभर प्लेटले दक्षिण अमेरिकी स्टारहरुलाई नै रोक्न सकेन् । अघिल्लो खेल किड्नीमा समस्या देखिएपछि गुमाएका अर्जेन्टिनी स्टार लियोनेल मेसीले ३६औं मिनेटमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । ग्वानझाउसँगको सेमिफाइनलमा ह्याट्रिक गरेका उरुग्वेका लुइस स्वारेजले ४९ र ६८औं मिनेटमा दुई गोल थपे ।अन्तत: बार्सिलोनाले अर्जेन्टिनी क्लब रिभर प्लेटलाई ३-० ले हरायो ।

२ खेलमा ५ गोल गरेका स्वारेजलाई एडिडास गोल्डेन बुट अवार्ड दिइएको थियो ।क्लब विश्वकपमा महादेशीय क्लब विजेताहरुले प्रतिस्पर्धा गर्ने गर्दछ ।