महयात्राको लागि कलाकारहरु जापानमा,सम्पूर्ण तयारी पुरा


टोकियो/ गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नेपाली समुदायमा भैपरिआउने आपतकालिन ५ करोड जापानिज येनको परोपकारी सहयोग कोषको स्थापनार्थ आयोजित महजात्रा २०१५ को सम्पूर्ण तयारी पुरा भएको छ।

नेपाली संघ को आयोजनामा  हुनलागेको महजात्रा २०१५ को कलाकार टोली टोकियो आईपुगेको छ । शुक्रवार बिहान टोकियोको हानेदा बिमानस्थलमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, रमिला आचार्य, बम बहादुर कार्की, नरेन्द्र कंसाकार, मोहितबंश आचार्य, यमन श्रेष्ठलाई गैरआवासीय नेपाली संघ जापानको अध्यक्ष सुदन थापाको टोलीले स्वागत गरेको थियो ।

समारोहमा महजात्रा-२०१५ टोकियोका संयोजक थापाको नेतृत्वमा कार्यसमितिका उपाध्यक्ष देबिलाल भण्डारी, महासचिब अनुज थापा, सचिब बुद्दिराज घिमिरे, कोषाध्यक्ष दिपक थापा, प्रबक्ता संदिप ढुङगाना, सदस्यहरू नारायण अधिकारी र बाबुराम भण्डारीले स्वागत गर्नुभयो । यसैगरि प्रायोजकको तर्फबाट अमृत आचार्यले पनि स्वागत गर्नुभयो ।

डिसेम्वर २०, २२ र २४ तारिकका दिन टोकियो, ओसाका र फुकुओकामा डिसेम्वर २०, २२ र २४ तारिकका दिन टोकियो, ओसाका र फुकुओकामा महयात्राका बिशेष प्रस्तुतिहरु हुँदै छन्।