स्वारेजको हृयाटिक सँगै बार्सिलोना, “क्लब वर्ल्डकपको” फाइनलमा


लुइस स्वरेजको हृयाट्रिकको मदतमा चिनियाँ क्लब ग्बाङझाऊ इभरग्राण्डालाई पराजित गर्दै बार्सिलोना क्लब वल्र्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको सेमिफाइनलमा युरोपियन च्याम्पियन बार्सिलोनाले ग्बाझाओलाई ३-० ले पराजित गर्‍यो । बार्सिलोनाका लागि तीनै गोल स्वरेजले गरे ।

जापानमा भएको खेलमा बार्सिलोना लिओनल मेस्सी र नेयमार विना नै मैदान उत्रिएको थियो । उसले ३९ औं मिनेटमा स्वरेजको गोलबाट अग्रता लियो ।
खेलको ५० औं मिनेटमा स्वरेजले नै अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्वरेजलेे हृयाटिक पुरा गर्दै बार्सिलोनाले जित दिलाए ।
अब उपाधिका लागि बासिलोनाले अर्जेन्टिनी च्याम्पियन रिभर प्लेटसँग खेल्नेछ ।