स्पेनमा पर्बत समाज पनि गठन,अध्यक्षमा ओमर गुरुङ


स्पेन/ स्पेनमा राजनीतिक,जातीय तथा क्षेत्रीय समाज गठन गर्ने क्रम बढिरहेका बेला, पर्बत समाज स्पेन पनि गठन भएको छ। पर्बत जिल्ला घर भई स्पेनमा बसोबास गर्ने पर्बेतेलीहरुको एक भेलाले ओमर बहादुर गुरुङको अध्यक्षतामा १९  सदस्यीय तदर्थ समिति गठन गरेको हो।

मंगलबार बार्सिलोनामा सम्पन्न भेलाले समितिको उपाध्यक्षहरुमा ईन्द्र शर्मा ,जीवन भुसाल,महासचिवमा सन्तोष शर्मा,सचिव कृष्ण भुसाल र कोषाध्यक्षमा बिनु गुरुङलाई चयन गरेको छ। यस्तै कार्यसमिति सदस्यहरुमा भुपेन्द्र श्रेष्ठ,अनन्त लामिछाने,उमेश पुरी,झलक भण्डारी,राजेन्द्र तिमिल्सिना,दिनेश रेग्मी,रेनु गुरुङ,लक्ष्मी गुरुङ,प्रकाश भट्टराई,मुक्ति प्रसाद श्रेष्ठ,शंकर गिरी,नारायणी तिमिल्सिना र ओम बहादुर बानिया रहेका छन्।

समाज गठन पछि सोमबार नै बसेको कार्यसमितिको बैठकले सल्लाहकारमा पुष्प राज तिमिल्सिना,गंगा प्रसाद भुसाल,गौतम गुरुङ,शितल भुर्तेल भुसाल र गंगा देबी शर्मा लाई चयन गरेको छ। यस्तै समाजले बिधान निर्माण र आर्थिकका लागि छुट्टै समिति तय गरी जिम्मेबारी तोकेको छ। समाजले आफ्नो वेभसाईट केहि दिनमा संचालन गर्ने निर्णय समेत गरेको छ।
जेष्ठ सदस्यको रुपमा पुष्पराज तिमिल्सिनाले अध्यक्षतामा सम्पन्न भेलाको संचालन गंगा प्रसाद भुसालले गरेका थिए।