शिब परियार होसमा आउँदा,बार्सिलोनामा मिलनको घण्टी बज्यो (फोटोफिचर सहित)


वसन्त रानाभाट,बार्सिलोना/ गायक शिब परियारले आफ्नो चर्चित गीत “सङ्गी डुब्दैछु तिम्रो यादमा” सँगै स्टेज चढे। लगत्तै “कहाँ थियौ रङ्ग मञ्च उठे पछि आयौ” बोलको गीत सँगै स्वरको जादु देखाए। त्यस पछि गायक परियारले जति पनि गीत गाए दर्शकहरु रमाउँदै नाँचे र उफ्रिए। उनले गाएका “बेहोस पछि त होस् मा आउँदा क्या दामी भो, “रुपौली रानी” लगायतका गीतहरुमा दर्शक रमाएका थिए।

परियार स्टेजमा चढेर, “बेहोस पछि होस् मा” आउँनु अघि नै गायिका मिलन अमात्यले बार्सिलोनामा मनको घण्टी बजाई सकेकी थिईन्। पाश्व गायनमा छोटो समयमा निकै चर्चित बनेकी अमात्यले हवलदार सुन्तलीबाट अहिलेको चर्चित गीत “घण्टी बज्यो घण्टी बज्यो मनको”, सुनाउँदा दर्शक उफ्रिए। आफ्नो मिलन एल्बमबाट गाउँन सुरु गरेकी उनले “गाला रात्तै ” स्वल्ली स्वल्ली, लगायतका चर्चित गीत सुनाईन्। गायिका अमात्यलाई बार्सिलोनाबासी नेपालीहरुले खुलेर नै तारिफ गरे।12374910_1069544279746398_7908346318984917454_oकान्तिपुर टेलिभिजनको “ह्वावट द फल्पबाट” चर्चा बटुलेका सन्दिप क्षेत्रीले दर्शकलाई पेट मिचिमिचि हसाँए। नेपालमा गएको भूकम्प पछिको अबस्था र हालको नाकाबन्धीको अबस्था प्रति उनले कडा ब्यङ्ग प्रस्तुत गरे।

फेसन डिजाईनर रिता थापाले आँफूले डिजाईन गरेका पोशाकहरुमा स्थानीय कलाकारहरु समेट्दै स्टेजमा फेसन शो सम्पन्न गरिन्। नेपालबाट नै आएको जम्बो टोलीमा कार्यक्रम संचालनका लागि रेडियोकर्मी राजेश पाण्डे थिए। रेडियो कान्तिपुरका प्रस्तोता पाण्डेले निकै आकर्षक र फरक ढंगले कार्यक्रमको संचालन गरे।12363252_1069544043079755_7321416588927940357_o-2युरोप टुर २०१५ को नाम दिदै कलाकारहरुको जम्बो टोलीले युरोपका बिभिन्न देशमा साँगितिक कार्यक्रमहरु राखिरहेको बेला आईतबार बार्सिलोनामा पुर्बेली नेपाली एकता समाज स्पेन र नेपाली अन्तराष्ट्रिय कलाकार समाज (ईनास) को संयुक्त प्रयासमा कार्यक्रम सम्पन्न भएको हो।कलाकारहरु युरोप टुर यात्रालाई ईनास जर्मनीका उपाध्यक्ष सरोज श्रेष्ठले तय गरेका हुन्।

कार्यक्रममा स्थानीय कलाकारहरुले पनि प्रस्तुति राखे, भने नब गायक सुरज मैनाली आफ्नो नयाँ रेकर्ड गरेको गीत “बिझाउँने काँडा” पहिलो पटक कार्यक्रमबाट नै सुनाए। कार्यक्रमका प्रमुख अतिथि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी र पुर्बेली नेपाली एकता समाज स्पेनका अध्यक्ष पुरुषोत्तम भट्टराईले कलाकारहरुलाई प्रशंसा पत्र दिदै सम्मान गरे।

नर्बेमा कार्यक्रम सकेर स्पेन आएको कलाकारहरुको टोलीले युरोप यात्राको क्रममा डेनमार्क,जर्मनी,बेल्जियम,साईप्रस,पोर्चुगल लगायतका मुलुकहरुमा कार्यक्रमहरु प्रस्तुत गर्दै छ। 12356679_1069544249746401_4200382798761332055_o12366165_1069544376413055_8930632334597528923_o12375019_1069544033079756_6438310180229294371_o-212356905_1069544359746390_309890568582360941_o12339185_1069544006413092_8977150013366220964_o-212363079_1069544173079742_5344262532570723243_o12370790_1069544209746405_3015680001300044638_o12356951_1069544156413077_5845116052830759875_o12362967_1069544039746422_5615476898322613382_o-212339322_1069544009746425_441461625445699882_o

तपाईको प्रतिक्रिया