जनसम्पर्क समिति डेनमार्कका सदस्य सिग्देलको बिदाइ


कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले समितिका हालका सदस्य उद्धव सिग्देलको बिदाइ गरेको छ । समितिले हालै आयोजना गरेको कांग्रेस नेता भिम बहादुर तामाङ्को स्मृति दिवसको अवसर पारी गरेको कार्यक्रममा उनको बिदाइ गरेको हो । सिग्देल तीन वर्ष अगाडी ‘ग्रीन कार्ड’ स्किम अन्तर्गत डेनमार्क आएका थिए र त्यो अवधी सकिएपछि उने नेपाल फर्कंदै छन् ।

Screen Shot 2015-12-05 at 13.17.45

बिदाइ कार्यक्रममा सिग्देलले सबैलाई धन्यवाद दिएका थिए र डेनमार्कमा रहंदा सिकेको सिप र ज्ञान नेपालमा प्रयोग गर्न भरपुर रुपमा लाग्ने पनि बताए ।

बिदाइ कार्यक्रममा डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्ट, जनसम्पर्क समितिका पदाधिकारीहरु, एक आरन एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, आइ सी सी सदस्यहरु सोमनाथ सापकोटा, प्रवीन प्रजापती लगायतको उपस्थिति रहेको थियो ।

बिदाइ कार्यक्रममा मायाको चिनो प्रदान गर्दै जनसम्पर्क समिति डेनमार्कका अध्यक्षले वहांको उत्तर उत्तर उत्तर प्रगतीको कामना गरेका थिए ।

देउसी भैलोमा सहयोग गर्नेहरुलाई प्रमाणपत्र वितरण

Screen Shot 2015-12-05 at 13.18.31
यसैगरी जनसम्पर्क समिति डेनमार्कले तिहारको उपलक्षमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहयोग पुर्याउने सबैलाई प्रमाणपत्र सहित उपहार समेत प्रदान गरेको छ । जनसम्पर्क समितिले तिहारमा नेपालीहरुको घरमा र नेपाली दुतावासमा नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यको साथ् देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ ।