डेनमार्कमा पनि सम्झीए भिम बहादुर तामाङ्


कोपनहेगन । नेपाली जनसमपर्क समिति डेनमार्कले नेपाली कांग्रेसका नेता स्व. भिम बहादुर तामाङको एक कार्यक्रम गरी सम्झना गरेको छ। सो अवसरमा ”वि पी कोरालाको राष्ट्रिय मेलमिलाप नितीको सन्दर्भ र हालको नेतृत्व” विषयक अन्तरक्रिया समेत सम्पन्न भएको थियो ।

कोपनहेगनमा तामाङको चौंथो स्मृति दिवसमा एक मिनेट मौनधारण गर्दै समितिले सम्झना गरेको हो । सो अवसरमा विभिन्न वक्ताहरुले उनको बारेमा बोलेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टले स्वर्गीय भिम बहादुर तामाङ् वि पी बाट दिक्षीत र वि पी को विचारका एक सच्चा अनुयायी रहेको बताए ।Screen Shot 2015-12-05 at 12.42.33

समितिका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमम  नेता तामाङ्ले ‘सवैको पहिचान भेटिने,जातीय द्धन्द मेटिने’ संघीयताको मोडेलको अबधारणा ल्याएको भन्दै उनको कार्यको चर्चा गरेका थिए।

सो अवसरमा हालै एन आर एन केन्द्रिय समितिमा मनोनीत सोम नाथ सापकोटालाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । राजदुत भट्टले सापकोटालाई बधाई दिएका थिए । सापकोटाले सबैलाई धन्यवाद दिएका थिए ।

Screen Shot 2015-12-07 at 09.37.58कार्यक्रममा जनसम्पर्क समिति डेनमार्कका सदस्य उद्धव सिग्देलले वि.पीको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल,जनसम्पर्क समितिक निवर्तमान अध्यक्ष रामचन्द्र पाठक, सल्लाहार शैलु अधिकारी, नरेन्द्र पौडेल तथा प्रवासी नेपाली मंचका अध्यक्ष कृष्ण प्रसाद पौडेल, जनप्रगतीशिल मंचका अध्यक्ष गणेश ढकाल, एन आर एन आइ सी सी सदस्यहरु सोम नाथ सापकोटा र प्रवीन प्रजापती,जनसम्पर्क समिति डेनमार्कका महामन्त्री बुद्धी सापकोटा, पत्रकार महासंघ युरोप शाखाका महासचीव प्रकाश ढकाल लगायतले नेता तामाङ्गको बारेमा विचारहरु व्यक्त गरेका थिए ।

Screen Shot 2015-12-05 at 13.18.13प्रजातन्ज्त्रवादी नेता तामाङ एक सच्चा देश भक्त,समाजवादी, सादा जीवन र उच्च विचारका धनी र कर्मथ योद्धाका रुपमा चिनिएका थिए । राष्ट्रका लागि सोच्ने र चिन्तन गर्ने नेताका रुपमा तामाङलाई लिइन्छ । उनको निधन पछि राष्ट्र र नेपाली कांग्रेसलाई ठूलो क्षति व्यहोरिरहेको छ।

तामाङले आफनो राजनीतिक जीवनकालमा, राणा शासन, पञ्चायती व्यवस्था लगायतको अन्त्यका लागि विभिन्न समयमा जेल र देशनिकाला समेतमा परेका थिए । देशमा बहुदलीय व्यवस्थाको पुनं.स्थापना पश्चात सम्पन्न २०५१ सालको निर्वाचनमा दोलखाबाट निर्वाचित हुदै तत्कालीन मन्त्रीमण्डलमा कानुन तथा न्याय मन्त्रालयको जिम्मेवार पनि उनले पाएका थिए ।