स्पेनमा काँग्रेस नेता भिम बहादुर तामाङको सम्झना


स्पेन/नेपाली जनसमपर्क समिति स्पेनले नेपाली कांग्रेसका नेता स्व. भिम बहादुर तामाङको सम्झना गरेको छ। बुधबार बार्सिलोनामा तामाङको चौंथो स्मृति दिवसमा एक मिनेट मौनधारण गर्दै समितिले सम्झना गरेको हो।समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा बसेको नियमित बैठकमा नेता तामाङ्ले ‘सवैको पहिचान भेटिने,जातीय द्धन्द मेटिने’ संघीयताको मोडेलको अबधारणा ल्याएको भन्दै चर्चा गरेका थिए।

प्रजातन्ज्त्रवादी नेता तामाङ एक सच्चा देश भक्त,समाजवादी, सादा जीवन र उच्च विचारका धनी र कर्मथ योद्धाका रुपमा चिनिएका थिए । राष्ट्रका लागि सोच्ने र चिन्तन गर्ने नेताका रुपमा तामाङलाई लिइन्छ । उनको निधन पछि राष्ट्र र नेपाली कांग्रेसलाई ठूलो क्षति व्यहोरिरहेको छ।

तामाङले आफनो राजनीतिक जीवनकालमा, राणा शासन, पञ्चायती व्यवस्था लगायतको अन्त्यका लागि विभिन्न समयमा जेल र देशनिकाला समेतमा परेका थिए । देशमा बहुदलीय व्यवस्थाको पुनं.स्थापना पश्चात सम्पन्न २०५१ सालको निर्वाचनमा दोलखाबाट निर्वाचित हुदै तत्कालीन मन्त्रीमण्डलमा कानुन तथा न्याय मन्त्रालयको जिम्मेवार पनि उनले पाएका थिए।