जापानमा ड्याम साईड क्लब विजयी 


पोखरा/ जापानमा आयोजना हुदै आएको फेडेरेशन रनिङकप फुटवल प्रतियोगिताको उपाधी ड्याम साईड क्लवले हात पारेको छ । आईतवार सिनकिवास्थित स्टेडियममा भएको प्रतियोगितामा घान्द्रुक समाजलाई ६–३ गोल अन्तरले पराजित गर्दै ड्याम साईडले उपाधी जितेको हो ।

फाईनल भिडन्तमा नेपाली राष्ट्रिय टोलीका पुर्व खेलाडी विसन गौचन तथा स्ट्राईगर सन्तोष साहुखलको जोडीले खेललाई नियन्त्रणमा राखेको थियो । सेमी फाईनलमा ड्याम साईड क्लबले शुभराशी क्लव तथा घान्द्रुकले दुई पटकको उपाधी विजेता दीप युनाईटेडलाई हराउदै फाईनल पुगेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी विसन गौचन, उत्कृष्ट गोल किपर डयाम साईडकै नवीन महर्जन, उच्च गोलकर्ता घान्द्रुकका शंकर श्रेष्ठ, उत्कृष्ट रक्षक घान्द्रुककै हिरोसीले दश÷दश हजार नगद पुरस्कार हात पारेका थिए । टिमको कप्तानी गरेका वसन्त गौचन तथा विसन गौचन ड्याम साईड क्लबबाट फुटबलको सुरुवात गरी नेपालको राष्ट्रिय खेलाडी भएका खेलाडि हुन्।

लिगकम नकआउट चरणमा भएको प्रतियोगितामा २० टिम सहभागिता रहेका थिए । ड्याम साईड क्लब जापानको टिम मेनेजरमा युवा व्यवसायी अमृत गुरुङ र टिम कोचमा क्लबका जापान संयोजक एवं पुर्व अध्यक्ष रमेशकुमार गुरुङ थिए।

जापानका विभिन्न क्षेत्रमा वसोवास गर्ने नेपालीहरुको सहभागिता रहेको प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोग गर्ने सवैलाई आयोजक नेपाल जापान युथ क्लवका अध्यक्ष टासी लामाले धन्यवाद दिनुभएको थियो ।