नाकावन्दी खोल्न माग गर्दै, पोखरामा बृहत सद्भाव ¥याली


पोखरा/ सामाजिक जागरणका लागी नारी अभियान कास्की पोखराको आयोजनामा पोखरामा नाकावन्दीको विरोध गर्दै बृहत सद्भाव ¥याली प्रदर्शन गरीएको छ ।
पोखरा नगर महीला समन्वय समितिको संयोजक तथा विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरीएको ¥याली पोखराको मानवअधिकार चोक, चिप्लेढुङ्गावाट सुरु भई महेन्द्रपुल घुमेर न्युरोड हुदै सभागृहमा पुगी कोण सभामा परीणत भएको थियो ।

आध्यात्मीक संघसंस्थादेखी , पेशागत संघसंस्था, विद्यार्थी, मानवअधीकारकर्मी, राजनीतीक संगठन, संचारकर्मी, नागरीक समाज लगायत आमा समुह टोल विकास संस्था तथा विविध संघसंस्थाको ¥यालीमा हजारौको सहभागीता रहेको थियो ।

¥यालीमा नाकावन्दी खुल्ला गर, हिमाल, पहाड तराई कोही छैनौ पराई, टुटेर होइन जुटेर देश वनाउने वेला हो, कालोवजारी नियनत्रण गर, भो अब अति भो अतिवादको अत्य गरौं, हामी स्वाभीमानी नेपाली हौ , छिमेकी राष्ट्रको बिरोधी होइनौ, जनतालाई दुख दिएर होएइ वार्तावाट समस्याको समाधान खोज, मानवअधिकारको सम्मान गर, छिमेकी राष्ट्रबिचको सम्वन्ध सुमधुर बनाऔ, भारत सरकार असल छिमेकीको भुमिका निर्वाह गर, भारत सरकार हामी हेपिएको होइन वरावरीको सम्वन्ध चाहान्छौ, हामी द्धन्द्ध होइन शान्ति चाहान्छौ, नाकाबन्दी अमानवीय कार्य हो तुरुन्त वन्द गर, मात्तृभुमी रोइरहेको छ अझै पीडा नथपौ, भुकम्पले दिएको पिडा ताजै छ नाकावन्दी थेग्न सक्दैनौ, मदेशको जाहेज माग पुरा गरी देशमा शान्ति वहाली गर, बुद्ध जन्मेको देशमा युद्धको आगो नसल्काउ, धृणाले घृणा जन्माउछ प्रेमको सन्देश फैलाऔ लगायतका नारा अंकीत प्लेकार्डहरु प्रदर्शन गरीएको थियो ।

कोणसभालाई संवोधन गर्दै संयोजक सुष्मा पौडेलले सद्भाव कायम गर्न आयोजना गरीएको ¥यालीले स्तह सवै जनताले एकआपसमा सद्भाव र शान्ती चाहेको भन्दै नाकावन्दी तुरुन्त खोल्नुपर्नेमा जोड दिइन् । असल छिमेकीले निर्वाह गर्नुपर्ने भुमीका निर्वाह गर्नुपर्ने र मधेसी आन्दोलन तत्काल वार्ताका माध्यमवाट टुङ्गाइनुपर्नेमा समेत जोड दिइन् ।

साथै कार्यक्रममा आध्यात्मीक व्यक्ती, डाक्टर, इञ्जिनियर, व्यवसायि समाजसेवी, नागरीक समाज, विद्यार्थी मानवअधीकारकर्मी, टोल विकास संस्था तथा आमा समुहहरुको सहभागिताले वर्तमान गतीरोध तुरुन्त अत्य गर्नुपर्ने सन्देश दिएको समेत वताइन् ।

साथै सहभागि सवैलाई धन्यवाद दिदै आगामी दिनमा यसरी विरोधमा कुनैपनी क्षेत्र र स्थानवाट जुट्न नपरोस् भन्दै भारत र नेपाल सरकारलाई केही दिनमा ज्ञापनपत्र वुझाउने कार्यक्रम समेत रहेको वताइन्् । कार्यक्रममा स्वागत मंतव्य कार्यक्रम संयोजक पोखरा नगर महीला समन्वय समितिका संयोजक पवित्रा केसीले गरेकी थिइन् ।