भारतीय नाकाबन्दी बिरुद्ध,फ्रान्सेली सांसदका अध्यक्षलाई ज्ञापन पत्र


पेरिस । फ्रान्समा रहेका नेपालीहरूले भारतको अघोषित नाकाबन्दीबिरुद्ध फ्रान्सेली सांसदका अध्यक्ष (सभा प्रमुख)लार्इ ज्ञापन पत्र बुझाएका छन् । फ्रान्सका सांसदका अध्यक्ष क्लाउड बर्टोलोनलाई  नेपाली समुदायको तर्फबाट ज्ञापन पत्र बुझाएका हुन्।

भेटमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समान्वय समिति, फ्रान्सका पूर्वअध्यक्ष निर्मल अर्याल लगायत नेपालीहरु सहभागी थिए। फ्रान्समा अहिले संकटकालको अवस्था भएकोले जुलुस प्रदर्शन गर्न नसकिने भएकोले फ्रान्सका सांसदका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको बुझाएको सहभागीहरुले जनाएका छन्।

ज्ञापन पत्रमा भूकम्पबाट तहस नहस पारेको र नयाँ संविधान जारी गरेर देशले विकास निर्माणमा द्रुत गतिमा लाग्ने समयमा छिमेकी राष्ट्र भारतले मानवता र अन्तर्राष्ट्रिय नीतिबिरुद्ध नेपालमा अघोषित नाकाबन्दी गरेकोले फ्रान्सको कूटनीतिक तवरले नाकाबन्दी खुलाउन सहयोग गर्न अनुरोध गरिएको छ ।