पोर्चुगलमा नाकाबन्धीको बिरोध गर्दै,लण्डन पछिको दोश्रो ठुलो प्रदर्शन


स्पेन/ केहि साता अगाडी भारतीय नाकाबन्धीको बिरोधमा लण्डनमा भएको प्रदर्शनले अन्तराष्ट्रिय जगतको नै ध्यान केन्द्रित गरे यता सोमबार पोर्चुगलमा युरोपकै दोस्रो ठुलो प्रदर्शन भएको छ। पोर्चुगल स्थित भारतीय दुताबासको कार्यलय अगाडि ५ सय भन्दा बढी संख्यामा नेपालीहरु सहभागी बन्दै बिरोधमा उत्रिए पछि युरोप कै दोस्रो ठुलो मानिएको हो।

संसारभरका गैर आबासीयहरुले नाकाबन्धीको बिरोध गर्दै प्रदर्शन गरिरहेका बेला सोमबार गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अगुवाईमा बिरोध कार्यक्रम भएको थियो। संघका अनुसार बिरोध सँगै,ज्ञापनपत्र बुझाउँने कार्यक्रम रहे पनि भारतीय दुताबासले बुझ्न नमाने पछि ईमेल र पोष्ट मार्फत पठाईएको छ।

पोर्चुगल स्थित बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरुपनि उपस्थिति रहेको बिरोध कार्यक्रममा ब्याक अफ ईन्डिया,रेक्सपेक्ट नेपाल लगायतका नाराहरु लगाउँदै,प्ले कार्डहरु पनि प्रदर्शन गरिएका थिए। उनीहरुले प्ले कार्ड मार्फत नेपालमा गएको विनाशकारी भूकम्प भन्दा,भारतीय नाकाबन्धीले दशौ गुना बढी, लाखौको संख्यामा नेपालीहरुलाई संकट आई परेको सन्देश प्रवाह गरे।12289654_1725306931025979_7183198611180293249_nनेपाल र पोर्चुगलको राष्ट्रिय झण्डा नै बोकेर नेपालीहरु नाकाबन्धीको बिरोधमा उत्रिए पछि स्थानीय प्रशासनले सुरक्षा ब्यबस्था कडा पारेको थियो।

बिभिन्न देशहरुमा भारतीय नाकाबन्धीको बिरोधमा प्रदर्शन भईरहेका बेला, संख्याका आधारमा युरोपमा लण्डन पछि दोस्रो ठुलो प्रदर्शनको पोर्चुगलमा भएको छ। लण्डनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणका क्रममा सयौको संख्यामा नेपालीहरुले प्रदर्शन गर्दै बिरोध गरेका थिए।

पोर्चुगलमा दिनप्रतिदिन नेपालीहरुको संख्या बढ्दै गईरहेको बेला,बृहत रुपमा भएको प्रदर्शनमा ठुलो संख्यामा महिलाहरुले आफ्ना बालबालिकाहरुलाई साथमा नै लिएर नाकाबन्धीको बिरोध गरे।

 

12310553_1725307151025957_7458220115259376477_n12295268_1725307011025971_2079164573936037507_n11221661_1725307064359299_1216574249854992351_n

तपाईको प्रतिक्रिया