गुरुङको निधनमा कास्की काङ्ग्रेसद्धारा दुःख व्यक्त


पोखरा,/ लेखनाथ–१ सैनिक वस्ती निवासी क्या.मनसुब्बा गुरुङको शुक्रबार निधन भएको छ। ७९ वर्षिय गुरुङको आफ्नै निवासमा मृत्यु भएको हो । नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य समेत रहेका गुरुङको एक श्रीमती, दुई छोरा, एक छोरी रहेका छन् ।

गुरुङको पार्थिक शरिरमा नेपाली काङ्ग्रेस कास्कीका सभापति तथा सांसद यज्ञबहादुर थापाले काङ्ग्रेसको चारतारे झण्डा ओढाएका थिए । यसै वीच नेपाली काङ्ग्रेस कास्कीले एक शोक विज्ञप्ती प्रकाशित गरि स्वर्गीय गुरुङको निधन प्रति दुःख व्यक्त गरेको छ ।

नेपाली काङ्ग्रेस कास्कीका सभापति तथा सांसद यज्ञबहादुर थापाद्धारा जारी गरेको विज्ञप्तीमा नेपाली काङ्ग्रेस प्रति सदा समर्पित निरन्तर लगनशिल निष्ठावान कार्यकर्ताको निधनले पार्टी स्तव्ध भएको जनाएको छ। विज्ञप्तीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।