बार्सिलोनामा बिभिन्न भाषाभाषीका चलचित्रहरु प्रदर्शन हुँदै


बार्सिलोना/ “हाम्रो भाषा ,कला संस्कृति हाम्रो देशको गहना, संरक्षण प्रवर्धन र विकास नेपालीको चाहना” भन्ने उद्घोषका साथ स्पेनमा विभिन्न भाषाभाषीमा आधारित चलचित्रहरु प्रदर्शन गरिने भएको छ । तामाङ्,गुरुङ,नेवार,मगर,शेर्पा,लिम्बु भाषामा आधारित फरक-फरक चलचित्रहरु एकैचोटी पहिलो पटक बार्सिलोनामा प्रदर्शन गर्न लागिएको हो।

यही डिसेम्बर ७ तारिक हुने चलचित्र प्रदर्शनीमा नेपाल आदिवासी चलचित्र महासंघका उपाध्यक्ष सुकु मोक्तान,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार तथा शेर्पा किदुग बेल्जियमका संथापक अध्यक्ष पेम्बा गेल्बु शेर्पा लगायतको उपस्थिति रहने आयोजक अन्तराष्ट्रिय कलाकार मञ्च स्पेनले जनाएको छ।

संसारको जुन सुकै ठाउँमा रहे पनि आफ्नो भाषा,भेषभुषा, रहन सहन र रीतिरिवाजको बारेमा जानकार हुनु पर्ने भन्दै बिभिन्न ऎतिहासिक चलचित्रहरु देखाउँन लागिएको भन्दै सबै नेपाली समुदायलाई उपस्थित हुन मञ्चले अनुरोध गरेको छ। मञ्चले बिभिन्न भाषाभाषीका चलचित्रहरु हेर्नको लागि ५ युरो प्रबेश शुल्क तोकेको छ।

कार्यक्रम बारे पूर्ण बिबरण:-
Date- 7th dec,2015
Venue : Carrer de Sicília, 321, 08025 Barcelona
Metro : Sagrada Familia ( L2 & L5 )
Time : 16:30
Entrance: 5 Euros
For more details:-
Ajaye Lopchan – 632711517
Pemba Chhoti Sherpa – 637217155
Sumitra Ghimire -632584768
Govinda Neupane– 632194961
Binod Katuwal – 672846340
Dik Karki – 679112080