औषधी खरिद गर्न, एनआरएन युकेको २० लाख रुपैयाँ सहयोग


लन्डन- एनआरएनए यूकेले औषधि खरिदका लागि २० लाख रुपैयाँ संकलन गरेर नेपाल पठाएको छ। गैर आबासीय नेपाली संघ(एनआरएनए) ले सबै राष्ट्रिय समन्वय परिषदहरुलाई रकम संकलन गरि सहयोग गर्न अपिल गरे अनुसार नै युकेबाट रकम पुगेको हो।
संघका अध्यक्ष मुछेत्र गुरुङका अनुसार सो रकम गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद मार्फत खर्च गर्ने गरी बुधवार नेपाल पठाइएको छ। तमुधिं यूकेको २ लाख, व्यवसायी रवि लामिछानेको १ लाख ७ हजार रुपैयाँलगायत विभिन्न व्यक्ति र संस्थाको सहयोगमा रकम संकलन भएको एनआरएन यूकेले जनाएको छ।

गैर आवासीय नेपाली संघले गत मंगलबारदेखि नेपालमा औषधि वितरण सुरु गरिसकेको छ। संघले पहिलो चरणमा ३८ लाख रुपैयाँको औषधि सरकारलाई हस्तातरण गरेको छ।