मिष्टर नेपाल,अब मिष्टर वल्डमा


काठमाडौं । ‘मिस्टर वल्र्ड २०१६’मा नेपाली युवाले सहभागिता पाउने भएका छन् । मिस्टर वल्र्डमा प्रतिनिधि पठाउने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ आयोजना तयारी गरेको छ । स्वदेशमा आयोजना हु“दै आएको पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’ बिजेताले यस बर्षबाट ‘मिस्टर वल्र्ड’मा सहभागिता जनाउन पाउने ब्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।

एक्पोज नेपालले एक बिज्ञाप्ती मार्फत १४ औ संस्करण्ँ ‘मिस्टर नेपाल २०१६’ आगामी फागुनमा हुने जनाउ“दै प्रतियोगिताका लागी आवेदन खुल्ला भएको जानकारी गराएको छ । युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायक सिद्ध हुने बिश्वास आयोजकका छ ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, Ôमता उजागरलगायत नेतृत्वदायी Ôमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिता बारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडी वढाउन प्रतियोगीताले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।

unnamed-5१६ बर्षदेखि ३५ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । काठमाडौ ,पोखर, बिराटनगर, चितवन, धरानलगायत देशका प्रमुख शहरमा आयोजना हुने पहिलो चरणको अडिसनबाट छानिएर आएका प्रतियोगीलाई मात्र अन्तिम स्पर्धामा सहभागिता जनाइनेछ ।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागीएको प्रतियोगितामा बिभिन्न चरणबाट छानिएका ४० देखि ४५ सम्मका अन्तिम प्रतियोगिलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ , समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिधाका बिषेश प्रशिक्षण बिभिन्न अनुभवी व्यक्तित्वहरुद्धारा दिइनेछ ।

सन् २००१ बाट सुरु भएको मिष्टर नेपालमा रोहित थेवे, जिवन लुईटेल, गौतम सुवेदी , उज्वल घिमिरे ,सुरेश घिमिरे ,डा. आयुष्मान घिमिरे , सुरेश गैले , सुरज चिल्वाल ,सन्दिप पोखरेल लगायत बिजेता घोषित भइसकेका छन् ।