कालावाङ्ग घरेडीमा वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया


कास्की /
पोखरा–२५ कालावाङ्ग घरेडीमा १ दिने वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेएमडिआई होस्ट परियोजना र एशिया मानव अधिकार तथा साँकृतिक विकास मञ्च (एशियन फोरम)ले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न मुलुकमा रोजगार गरिआएका महिलापुरुष साथै वैदेशिक रोजगारको लागि सोच बनाएका युवाहरु सहित ५० जनाको सहभागिता रहेको थियो।

कालावाङ्ग घरेडी होमस्टे समितीका अध्यक्ष राज बहादुर गुरुङ्गको सभापतित्व र पोखरा–२५ का वडा सचिव राम प्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्तकार्यक्रममा एशियन फोरमका कार्यक्रम निर्देशक निलाम्बर बडाल र सामी परियोजनाकी आउटरिच अफिसर हिन्दु संस्कृति कार्कीले परामर्श दिएका थिए ।

कार्यक्रमको बारेमा जानकारी गराउदै एशियन फोरमले कार्यान्वयन गरेको जेएमडिआई होष्ट परियोजनाका जिल्ला कार्यक्रम संयोजक राजु रार्ईले यस कार्यक्रमले स्थानिय आप्रवासनमा सकरात्मक प्रभाव पार्ने अपेक्षा गरेकाछन । सुरक्षित वैदेशिक रोजगारकाबारे जानकारी गराउदै सिप सिकेर पूर्ण सुचित भई वैदेशिक रोजगारमा जान सुझाव गर्नुका साथै ठगीमा पर्दा न्यायको लागि आवश्यक परामर्श समेत गराएका थिए ।

कार्यक्रममा सन्देशमुलक बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न मुलुकमा रोजगार गरिआएका फिर्ता आप्रवासीहरुले आफ्नो अनुभव आदानप्रदान गर्नुका सथै आप्रवासीहरुको पुर्नस्थापीत को मुद्दा बरे छलफल गरिएको थियो।

अन्त्यमा एशियन फोरमका प्रशासन तथा वित्तीय निदेशक एकलाल न्यौपानेले जेएमडिआईको उद्देश्य अनुरुप नै होमस्टेको थालनी भएको भनी अझ कार्यक्रमबारे प्रकाश पारे र यसबाट लाभ लिन आग्रह गरे भने सभापति राज बहादुर गुरुङ्गले धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गरे ।

ग्रामिण पर्यटनले आप्रवासन कम गरी गाउँलाई स्वावलम्वी बनाउने, दिगो विकास गर्ने र स्थानिय संस्कृतिलाई होमस्टे मार्फत प्रर्वद्धन गर्न युरोपियन युनियन र स्वीस सरकार विकास सहयोगको आर्थिक सहयोगमा जेएमडिआई होस्ट परियोजनाको कार्यान्वयन एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च ( एशियन फोरम ) ले कार्यान्वयन गरिआएको छ ।