एनआरएन स्पेनको कार्यलयबाट एमाआरपी बितरण तथा फारम संकलन कार्य तिब्र


स्पेन/ हस्त लिखित राहदानीको वहाल अवधि सकिए पनि नेपाली राजदुताबास नभएको मुलूक स्पेनमा,एमआरपी राहदानी बनाउँन फारम संकलन कार्य तिब्र पारिएको छ। हस्त लिखित राहदानीले यात्रा गर्न नमिल्ने भए पछि,एमआरपी बनाउँन छुटेकाहरुको फारम संकलन कार्य संचालन गरिएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको प्रावधान अनुसार यही नोभेम्बर २४ देखि हस्त लिखित राहदानी मान्य नहुने भएको छ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको पहलमा पेरिस स्थित नेपाली दुताबासबाट आएको घुम्ती टोलीले नयाँ बनेका एमाआरपी राहदानी बितरण तथा फारम संकलन कार्यलाई तिब्र पारेको छ। हालै संचालनमा आएको एनआरएनको कार्यलयबाट सो कार्य संचालन गर्न, स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुले सहयोग गरेका छन्।

राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले नयाँ बनेर आएका १०१ वटा एमआरपी राहदानी बितरण भईरहेको जानकारी दिए। उनले भने,”दुताबासको टोली आएको बेला एमआरपी राहदानीको फारमको कर्मचारीबाट यही रूजु हुने हुँदा फारम बिग्रने झन्झट हुँदैन। कसैको डकुमेन्ट पठाउँन वा,बिभिन्न कागजी प्रक्रिया बारे परामर्श लिनु परेमा यथाशिघ्र सम्पर्क गर्न अनुरोध गर्दछु।”

यही नोभेम्बर २४ र २५ तारिक सम्म दुताबासका कर्मचारीको उपस्थितिमा बार्सिलोनामा एमाआरपी राहदानी बितरण तथा फारम संकलन कार्य जारी रहने संघले जनाएको छ।

बिस्तृत बिबरण

मिति – नोभेम्बर २४ र २५ तारिक
स्थान – एनआरएनए स्पेनको कार्यलय, carrer grassot 84-86 barcelona