स्पेनको फेस्टिबलमा सुनकलीको भब्य स्क्रिनीङ्ग


बार्सिलोना/ मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ ३३ औ बिबिभिए तोरैयो माउन्टेन फिल्म फेस्टिबलमा भब्य रुपमा स्क्रिनीङ्ग भएको छ। बिश्वमा नै उत्कृष्ट मानिने स्पेनको माउन्टेन फिल्म फेस्टिबलमा नेपाली डकुमेन्ट्री सुनकलीले प्रतिष्पर्धा गर्दै स्क्रिनीङ्ग भएको हो।

बार्सिलोनामा नजिकै तोरैयोमा जारी फेस्टिबलमा सुनकलीको बुधबार राति ९ बजे स्क्रिनीङ्ग हुँदा उल्लेखनीय रुपमा दर्शकहरुको सहभागिता रहेको थियो। बिबीभिए बैङ्कले प्रायोजन गरेको उक्त फेस्टिबलमा बिश्वका चर्चित डकुमेन्ट्री निर्देशकहरु, स्पेनिस समुदाय,लगायत बार्सिलोना बासी नेपालीहरु पनि पुगेका थिए।

शेर्पा संघ युरोपका अध्यक्ष हेम शेर्पा लगायतको नेपाली टोली सुनकली टिमलाई हौसला दिन फेस्टिबलमा पुगेका थिए। सुनकलीका निर्देशक तथा पत्रकार भोजराज भाटले स्क्रिनीङ्गको समयमा दर्शकहरुको सहभागिताले पनि ठुलो हौसला मिलेको बताए।उनले भने,”फुटबलस्टार लियोनल मेस्सीले ब्यबसायिक फुटबल खेल्ने शहर बार्सिलोनामा,मुगुकी सुनकलीको फुटबल कलालाई पनि देखाउँन सफल भएका छौ।”

केहि साता अघि मात्र सुनकलीले ३३ औं मिलानो इन्टरनेश्नल फिक्स्ट फिल्म फेस्टिबलमा मुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड जितेको थियो।

12244597_10207051644002190_7737056023655246268_oयसैबीच सुनकलीले हालै जर्मनमा सम्पन्न वग्र्ग फिल्म फेस्टिबल–टिजेन्जी २०१५मा माउण्टेन एण्ड कल्चर विधामा एक हजार युरो नगदसहित प्रथम पुरस्कार हासिल गरेको थियो । यो सँगै सुनकलीले ८ बटा अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ। सुनकलीलाई नेपाली डकुमेन्ट्री ईतिहासमा नै सबै भन्दा बढी अवार्ड जित्ने डकुमेन्ट्रीमा रुपमा चिनिन्छ।

नोभेम्बर २२ मा नेपाली समुदाय माँझ

बार्सिलोनाको नेपाली समुदाय माँझ बहुचर्चित नेपाली डकुमेन्ट्री सुनकली प्रर्दशनी हुने भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले डकुमेन्ट्रीलाई च्यारिटी सोको रुपमा आगामी नोभेम्बर २२ तारिक आईतबार दिउँसो ४.३० बजे बार्सिलोनामा देखाउँने भएको हो । बार्सिलोनामा डकुमेन्ट्री ल्याउँनका लागि युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले बिशेष पहल गरेको हो।

12274687_10207051662682657_4236980096990971202_nडकुमेन्ट्री भित्र “सुनकली कस्ती मेस्सी जस्ती” भनेर तुलना गरिएकोले पनि बार्सिलोनाको हुने प्रर्दशनीलाई अर्थ पूर्ण रुपमा हेरिएको छ। निर्देशक भाटको उपस्थितिमा हुने कार्यक्रममा सुनकली बारे परिचय र जिज्ञासा राख्न पनि समय तय गरिएको छ।

डकुमेन्ट्री देखाउँनका लागि संघका सल्लाहकार दाबा ऋषी श्रेष्ठलाई संयोजक तोकिएको छ। कासा डेल टिबेटमा प्रर्दशनी हुने डकुमेन्ट्री हेर्न स्पेनिस लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। ।

12232753_10207051663002665_215541089424569418_o906061_10207051660282597_7372533917323723551_o12247941_10207051642082142_2027424466446977237_o