एमाले नेता किरण गुरुङ बार्सिलोना आउँदै


स्पेन/ नेकपा एमाले स्थायी समिति सदस्य तथा पुर्ब बन मन्त्री समेत बनेका एमाले नेता  किरण गुरुङ बार्सिलोना आउँने भएका छन्। प्रबासी  नेपाली मञ्च स्पेनको निमन्त्रणामा गुरुङ बार्सिलोना आउँन लागेका हुन्। पुर्ब मन्त्री गुरुङको उपस्थितिमा समसामहिक बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए।

आगामी सोमबार बार्सिलोनामा एमाले नेता गुरुङसँग स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले देशको समसामयिक बिषयमा छलफल गर्ने भएका छन्। भारतले अघोषित रुपमा नाकाबन्धी लगाएपछि मुलुकले ठुलो संकट व्यहोरीरहेको बेला,अन्तरक्रिया सोहि विषमा नै केन्द्रित हुने बुझिएको छ।

नयाँ संबिधान जारी भए पछि जारी मधेश आन्दोलनको बारेमा पनि बहस हुने अनुमान छ।  मञ्चले मुलुकको समसामिक बिषयमा केन्द्रित हुने अन्तरक्रिया कार्यक्रममा सहभागी बन्न स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुलाई अनुरोध गरेको छ। स्पेनका समस्याहरु,राजदुताबास स्थापनाको पहल बारेमा पनि आबाज उठ्ने निश्चित नै छ।

एमाले नेता गुरुङ १ महिने लामो युरोप भम्रणका क्रममा कार्यकर्ता भेटघाट तथा छलफलमा ब्यस्त बनेका छन्। उनि यस अघि बेल्जियम,जर्मनी,लक्जम्बर्ग,नेदरल्याण्ड,फ्रान्समा पनि बिभिन्न कार्यक्रमहरुमा सहभागी बनिसकेका छन्।

कार्यक्रम बारे बिबरण
मिति – २३ नोभेम्बर,२०१५,सोमबार
समय– साँझ ६.३० बजे
स्थान– ओला नेपाल रेष्टुरेन्ट,बार्सिलोना