“पेरिसमा सबै नेपालीहरु सुरक्षित छन्”- एनआरएनए फ्रान्स


स्पेन/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले पेरिस स्थित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको जनाएको छ। शुक्रबार राति पेरिसमा भएको आतंककारी आक्रमण पछि त्यहाँ स्थित नेपालीहरुलाई सम्पर्क गर्दा अहिले सम्म कोहिँ हताहत नभएको संघले मार्फत जनाएको हो।

संघका अध्यक्ष भक्त बाग्ले द्वारा बिज्ञप्तिमा भनिएको छ,”एनआरएनले बिभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरु लगायत पेरिस स्थित नेपाली राजदुताबासमा सम्पर्क गर्दा कुनै नेपालीहरु हताहत नभएको जानाकारी प्राप्त छ।

तर स्थिती जटिल भएकोले बाहिर हिडडुल गर्दा सतर्कता अपनाउन,आफ्नो परिचय पत्र बोकेर मात्र बाहिर निस्कन एबम फ्रान्स सरकारले घोषणा गरेका सुचनालाई अनुसरण गर्न अनुरोध गर्दछौ।”

पेरिसमा श्रृखंलाबद्ध गोली प्रहार, बम विष्फोट र बन्धक बनाइएका हमलामा परी कम्तीमा १ सय २८ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।