शिब परियार,मिलन अमात्य लगायत पाँच कलाकारको जम्मो टोली बार्सिलोना आउँदै


बार्सिलोना/ चर्चित गायक शिब परिबार,गायिका मिलन अमात्य,हास्य कलाकार सन्दिप क्षेत्री,फेसन डिजाईनर रिता थापा र कार्यक्रम संचालक राजेश पाण्डेको जम्बो टोली बार्सिलोना आउँने भएको छ। युरोपमा कलाकारहरुको स्टेज कार्यक्रमको माग बढिरहेको बेला,आगामी डिसेम्बर १३ तारिक आईतबार टोली बार्सिलोना आउँने भएको हो।

युरोप टुर २०१५ को नाम दिदै कलाकारहरुले बिभिन्न देशमा साँगितिक कार्यक्रम प्रस्तुती गर्ने प्रोमो सार्बजनिक भईरहेको बेला,पुर्बेली नेपाली एकता समाज स्पेन र नेपाली अन्तराष्ट्रिय कलाकार समाज (ईनास) को संयुक्त प्रयासमा कलाकारहरु बार्सिलोना आउँन लागेका हुन्।

कार्यक्रमको लागि सिसिलिया हल बुक गरि भईसकेको  ईनास स्पेनका कोषाध्यक्ष सञ्जय बिक्रम शाहले नेपालीनेपाली डटकमलाई जानकारी दिए। ईनास कै सुरज मैनालीको नयाँ गीत पनि सोही अबसरमा सार्बजनिक गरिने भएको छ। नेपाली साँस्कृतिक साँझ -२०१५ नाम दिईएको कार्यक्रम दिउँसो ३ बजेबाट सुरु हुने बताईएको छ। प्रबेशका लागि १० युरो टिकट शुल्क राखिएको छ।