गायक राजेशपायलले म्याड्रिडबाट भने,ए भन भन भाई हो देउँसुरे (भिडियो सहित)


स्पेन/ दुई साता अघि बार्सिलोनामा कार्यक्रम सकेर डेनमार्क पुगेका गायक राजेशपायल राई आईतबार पुन: स्पेन फर्केर राजधानी म्याड्रिड तताएका छन्। गैर आबासीय नेपाली संघ क्षेत्रीय समिति म्याड्रिडले तिहारको उपलक्ष्यमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा गायक राईले जोडदार प्रस्तुति राखेका हुन्।गायक राईले तिहारको शुभकामाना दिदै, जोगाउ आफ्नो संस्कृति बोलको गीत गाउँदै भने,” ए मेरा भाई हो, देउँसुरे,ए राम्ररी भन,देउँसुरे,ए तिहारैमा देउँसुरे ….”

unnamed-21दुई साताको अवधिमा स्पेनका दुई ठुला शहर बार्सिलोना र म्याड्रिडमा दुई कार्यक्रम दिने राई पहिलो गायक बनेका छन्। बार्सिलोनामा ठुली बोलको गीतमा दर्शकको राम्रो साथ पाएका गायक राईले म्याड्रिडमा “निष्ठुरीलाई माया गरी आफैंलाई जोगी बनाए” बोलको गीत गाउँदा दर्शकहरुले अत्यन्तै रुचाए।

कार्यक्रममा उनले फूलैफूलको मौसम तिमीलाई, दिक्तेल बजार,दर्शन नमस्ते, शिरै फूल, नौजाले मायाले,धरान धनकुटा, बैगुनी रहेछौ मायालु, सागर सरी चोखो माया, नाइँ नभन्नु ल, लगायत दर्जन बढी गीत सुनाएका थिए। उनलाई कलाकार लक्ष्मी गुरुङले पनि साथ दिएकी थिइन्। साथमा स्थानीय कलाकारहरुले पनि प्रस्तुति राखेका थिए।