अघोषित नाकाबन्धी तत्काल हटाउँन एनआरएनको अपिल


स्पेन/ भारतले अघोषित रुपमा लगाएको नाकाबन्धी तत्काल हटाउन गैर आबासीय नेपाली संघ (एनआरएनए) ले अपिल गरेको छ।नाकाबन्धीको प्रभावले मुलुकमा गंभिर मानबिय संकट परेको भन्दै संघले यस्तो अपिल गरेको हो।

युनिसेभलाई उदृत गर्दै संघले बिगत ३ महिना यता १६ लाख बालबालिकाहरु स्कुल जानबाट बन्चित रहेको जनाउँदै संघले नाकाबन्धीको कारण देशमा उद्दोग,ब्यापार एबम अत्याबश्यक सेबाहरु पनि ठप्प भएको जनाएको छ। अस्पतालहरुमा औषधी र अति आबश्यक सागाग्रीको अभाव बढ्दै गएको बताउँदै संघले दुई देश बीचको सम्बन्ध र मित्रतालाई दिगो राख्न नाकाब्न्धी तत्काल अन्त्य गर्न अपिल गरेको हो।

संघले भनेको छ-‘हामी नेपाल सरकार र आन्दोनरत दलहरुलाई उचित संवैधानिक र शान्तिपूर्ण प्रक्रियाको पालना गर्दै संवादमार्फत छिट्टै सबै विवादित मुद्दाहरुको समाधान खोज्न आग्रह गर्दछौं ।’

जारी प्रर्दशनका क्रममा सयौं मानिस मरेका वा घाइते भएको र इन्धन संकटले सवारी दुर्घटना निम्त्याएको भन्दै संघले चिन्ता जनाएको छ ।

मानबिय संकट समाधानमा सहयोग गर्ने

संघका अध्यक्ष शेष घलेले मंगलबार जारी गरेको बिज्ञप्तिमा जनाईए अनुसार भारतीय नाकाबन्दीका कारण नेपालका उत्पन्न मानवीय संकटमा संघले सहयोग गर्ने भएको छ। अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा देखिएको औषधीको अभाव तथा अत्याबश्यक मानवीय सामाग्रीको परिपूर्तिका लागि संघले सहयोग गर्ने घोषणा हो। 

अस्पतालमा औषधी सकिएर मानिसले जीवन गुमाउनुपर्ने अबस्था आएको भन्दै गैरआवासीय नेपाली संघले त्यस्ता सामाग्री सहयोग गर्ने तयारी गरेको छ । कस्ता समाग्री जरुरी छन् भन्नेबारे परराष्ट्र मन्त्रालयसँग सूची मागिएको र सोही सूचीका आधारमा सहयोग संकलन गरी सरकारलाई उपलब्ध गराइने संघले जनाएको छ ।
साथै संघले जाडो समयका लागि आवश्यक पर्ने कम्बल र अरु सामाग्री संकलन र वितरण गर्न एउटा ‘एनआरएनए संकट सहयोग समूह’ गठन गरेको छ ।

महाभूकम्पका बेला आपतकालिन राहत वितरण गरेर उदाहरणीय काम गरेको गैरआवासीय नेपाली संघले मातृभूमीलाई परेको यो संकटमा पनि सहयोगी हात अगाडी बढाएको हो ।

एनआरएनले गरेको अपिलको पूर्ण पाठ

12088247_10154248642494989_8735422151651131477_nNrna statement