एनआरएनए स्पेनको, अब आँफ्नै कार्यालय


वसन्त रानाभाट/बार्सिलोना,
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आफ्नै कार्यालय स्थापना गरेको छ। स्पेनबासी नेपालीहरुको समस्यालाई सहज ढंगले समाधान गर्न संघले आफ्नै कार्यालय स्थापना गरेको हो। स्थापनाकाल देखि नै करिब ८ बर्ष लामो प्रयास पछि संघले बार्सिलोनाबाट कार्यालय संचालन गर्न सफल भएको छ। कार्यालय खोलेर यसलाई निरन्तरता दिन, निकै चुनौतीपूर्ण रहेकाले बिगतमा थुप्रै प्रयासहरु हुँदै आए पनि संचालन आउँन भने सकेको थिएन।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रका संयोजक कुल आचार्यले प्रमुख अतिथिको रुपमा सोमबार एक औपचारिक कार्यक्रम बीच कार्यालयको उद्घाटन गरेका छन्। आँफू युरोप संयोजक बने लगत्तै, राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यलय उद्घाटन गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आचार्यले स्पेनमा दुताबास स्थापना हुनु पर्नेमा जोड दिए।

आचार्यले भने,” स्पेनमा नेपाली दुताबास अपरिहार्य छ,म तपाईहरुलाई वचन दिन्छु,मेरो बल बुताले भ्याएँ सम्म पहल गरिरहने छु। ” उनले दुतबासकै लागि संघको सातौ अधिबेशन काठमाडौमा चलिरहँदा परराष्ट्र सचिव र सह सचिव सँगको भेटबार्ता बारे पनि जानकारी गराएका थिए।

11050749_539582679550639_907911205706488699_o-3सहभागी धेरै बक्ताहरुले भारतको अघोषित नाकाबन्धीले देशमा ठुलो संकट परिरहेको बेला एनआरएन मौन बसिरहेको भनी प्रश्न उठाईरहँदा संयोजक आचार्यले भने,”यसको तयारी भईरहेको छ,हामी ७१ बटा मुलुकहरुवाट नै भारतीय दुताबासमा ज्ञापनपत्र बुझाउँने तयारी गरिरहेका छौ।”

कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य एक राज गिरीले एनआरएनको कार्यालय स्थापनाले स्पेनबासी नेपालीहरु सबैलाई खुसी बनाएको बताए। संघका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले स्पेनमा कार्यालय स्थापनाको लागि १ हजार ५ सय युरो,उपाध्यक्ष कुमार पन्तले १ हजार ५० युरो, सचिव अर्जुन कुमार श्रेष्ठले ९ सय ९९ युरो, युरोप संयोजक कुल आर्चायले १ हजार ५ युरो सहयोग गरेका छन्। कार्यलय संचालनका लागि हाल सम्म ११ हजार १ सय ९९ युरो संकलन गरेको छ।स्पेन स्थित संघ सँस्था र यहाँको नेपाली समुदायको सहयोगमा रकम संकलन भएको हो।

12194618_539582652883975_5577635910794217002_o

कार्यलय बने पछि कस्तो फाईदा लिन सकिएला ?

एनआरएनको कार्यालयलाई ब्यबस्थित रुपमा संचालन गर्न सके एमआरपी राहादानी फारम भर्न, जानकारी दिन, आवश्यक कागज पत्र बारे परामर्श लिन सजिलो हुनेछ।कम्तिमा  ६/६ महिनामा नेपाली दुतावासबाट घुम्ती टोली आउँदा समेत कार्यलयबाट नै काम अगाडि बढाउँन सम्भव देखिन्छ।

नेपालबाट भर्खर स्पेन आएका नेपाली बालबालिकाहरुले स्पेनिस भाषा बोल्न नजान्ने, फेरि यतै जन्मेका नेपाली बालबालिकाहरुले नेपाली भाषा लेख्न र पढ्न नजान्ने हुँदा, नेपाली पाठशालालाई ब्यबस्थित गर्न कार्यालयले सजिलो बनाउने छ। यस्तै भर्खर स्पेन आएका नेपालीहरुलाई स्पेनिस भाषा सिक्ने थुप्रै ठाँउहरु भएँ पनि,नेपालीहरुबाट नै सिकाउँने ब्यबस्था गर्न सके कार्यलय अझ प्रभाबकारी बन्न सक्छ।

12239173_539582656217308_7634134799502449204_oएनआरएन बारेको अभियान प्रत्येकको घर घरमा पुर्याउँन, पंजीकृत सदस्य बिस्तार गर्न ,स्पेनमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्ने जस्ता कार्यलाई शुरु गर्न कार्यालयबाट काम गर्न सजिलो हुनेछ। यस्तै दुताबास सँग सम्पर्क गरि आई परेका समस्याहरुको समाधान गर्न,स्थानीय कलाकारहरुबाट संगीत बारे बालबालिकाहरुलाई प्रशिक्षण दिन पनि सहज हुने अनुमान छ।

सन् २००७ मा संघको स्थापना भएँ पनि संघको आफ्नो कार्यालय नहुँदा रेष्टुरेन्ट,बारहरुमा बैठक,छलफल हुँदै आएको छ।

10848859_539582672883973_5297912703634621443_o11229909_539582676217306_3546524497938166050_o10507146_539582649550642_221086072657491153_o