एनआरएन अध्यक्ष र योजना आयोगका उपाध्यक्षवीच भेटवार्ता


काठमान्डाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगको नवनियुक्त उपाध्यक्ष डा. युवराज खतिवडासंग भेट गर्‍यो । उपाध्यक्षमा नियुक्त हुनु भएकोमा संघको तर्फबाट बधाई दिादै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नु भयो ।

अध्यक्ष घलेले उपाध्यक्षको अध्यक्षतामा गठन गरिएको गैरआवासीय नेपाली बोर्डको बैठक आयोजना गर्न अनुरोध गर्दै यस बोर्डको निर्णय अनुसार गैरआवासीय नेपाली ऐन २०६४ लाई परिमार्जन गर्न गठित समितिको प्रतिवेदन माथि छलफल गर्न अनुरोध समेत गर्नु भयो ।

अध्यक्ष घलेले संघले भूकम्पको समयमा पुर्‍याएको राहतको प्रतिवेदन तथा शहरी बिकास मन्त्रालय, शहरी बिकास तथा भवन निर्माण विभागसंग भुकम्प पीडितका लागि १००० घर निर्माण गर्न भएको सम्झौताबारे अवगत गराउँदै यस कार्य छिटो भन्दा छिटो संचालन गर्न सकिने वातावरणको लागि पहल गर्न समेत अनुरोध गर्नु भयो ।

उपाध्यक्ष खतिवडाले संघको अध्यक्षमा पुनः निर्वाचित हुनु भएकोमा अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई वधाई दिंदै राष्ट्र यस कठिन अवस्थाबाट गुजि्ररहेको समयमा गैरआवासीय नेपालीहरुबाट अतिआवश्यक बस्तुहरु हवाई मार्गबाट आपूर्ति गर्न सहयोग गर्न अनुरोध गर्दै यस बिषयमा छिट्टै संघका पदाधिकारीहरुसाग बैठक राख्ने वताउँदै पुनःनिर्माणमा राष्ट्रिय योजना आयोगले संघलाई आवश्यक सहयोग गर्ने वताउनु भयो ।