दिपावली कप फुटबलको उपाधि बिसीएन सुजुरन ब्याईजलाई (फोटोफिचर सहित)


बार्सिलोना/
गत बर्षको बिजेता बिसीएन सुजुरन ब्याईजले (शेर्पा किदुक स्पेन) यस बर्ष पनि स्पेनमा सम्पन्न दिपावली कप फुटबलको उपाधि जितेको छ। फाईनल खेलमा गोर्खाजलाई ५-०को गोल अन्तरले हराउँदै दिपावली कप सेभेन ए साईड फुटबल प्रतियोगीताको उपाधि चुमेको हो।

गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनले आईतबार बार्सिलोनामा आयोजना गरेको प्रतियोगितामा अन्य आठ टोलीलाई पछि पार्दै लगातार दुई बर्ष उपाधि चुम्न सफल भएको छ। उपाधि सँगै बिजेताले नगद ४०१ युरो र उपविजेताले २५१ युरो साथमा ट्रफी तथा प्रमाणपत्र पाप्त गरेका छन्।

फाईनल खेलमा ह्यट्रिक गर्दै उपाधि जिताएका कप्तान साङ्गे शेर्पाले उत्कृष्ट गोलकर्ताको उपाधि पाए। सुजुरन ब्याईजकै गोल किपर समिर राज गुरुङ प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी घोषित भए । जिग्मे शेर्पा प्रशिक्षक रहेको बिजेता टिमबाट खेल्ने अन्य खेलाडीहरुमा एलेन गुरुङ,बिनोद लामा,पुजन तिमिल्सिना,सन्तोष गुरुङ,,सुदिप गिरी, सबिन गुरुङ,सुसान्त थापा,फुरतेन्जी शेर्पा रहेका छन्।

12186303_539432979565609_4267738203706289610_o

कास्की सेबा समाज स्पेन र गल्कोट समाज स्पेनले सेमिफाइनल सम्मको यात्रा तय गर्न सफल भए भने एनआरएन स्पेन,नेपाली जनसम्पर्क समिति,पुर्बेली नेपाली एकता,र स्याङ्जा सहयोग समाज स्पेन पहिलो चरणवाट नै बाहिरिए। प्रतियोगितामा बालबालिका र महिलाहरुको छुट्टाछुट्टै टिम बनाई मैत्रीपूर्ण खेल खेलाईएको थियो।

 प्रेरेणा र हौसला मिल्ने क्रियाकलाप स्पेनले गरेको छ  – युरोप संयोजक आचार्य

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका संयोजक कुल आचार्यले एनआरएन स्पेनका गतिबिधिहरु देखेर आँफू ज्यादै खुसी भएको बताएका छन्। प्रमुख अतिथिको रुपमा बोल्दै आचार्यले फुटबल प्रतियोगितामा पनि महिला,बालबालिकालाई समेत समेटेर सबैलाई प्रेरेणा र हौसला मिल्ने गरि प्रतियोगिता सम्पन्न भएको भन्दै खुसी ब्यक्त गरेका हुन्।

12232921_539432942898946_1072968883734195783_oसातौ अधिबेशनवाट निर्बिरोध युरोप संयोजकमा निर्बाचित भए पछि बेलायत बाहिर पहिलो पटक राष्ट्रिय समन्वय परिषदले गरेको कार्यक्रममा सहभागी हुन स्पेन आएका आचार्यले कार्यक्रममा नेपालीहरु सहभागिता उल्लेखेनिय रहेको भन्दै प्रशंसा गरे।

बिशेष अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एक राज गिरी रहेका थिए। पुरस्कार बितरण तथा समापन कार्यक्रम संघका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिताको संयोजन संघका सचिव सुनिल रानाभाटले गरेका थिए।

 

12194517_539433276232246_7679039442559040006_o12191331_539433069565600_1659411006711844253_o12189349_539433252898915_559748607146651860_o12189407_539433076232266_8506483671447972806_o11017124_539433259565581_9091015773926424300_o12238022_539432972898943_6196621920562540681_o