युरोप संयोजक कुल आचार्य स्पेनमा


स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका संयोजक कुल आचार्य स्पेन आएका छन्। गत अक्टोबर सम्पन्न अधिबेशनबाट संयोजकमा निर्बिरोध निर्बाचित भए पछि आचार्य पहिलो पटक स्पेन आएका हुन् ।

उनलाई गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यालय उद्घाटन एबम दिपावली कप फुटबलको प्रमुख अतिथिको रुपमा संघले आमन्त्रण गरेको हो । बेलायतबासी आचार्यले संयोजकको जिम्मेबारी सम्हाले पछि, पुग्ने पहिलो राष्ट्रिय समन्वय परिषद स्पेन हुने पुगेको छ।

युरोप संयोजक आचार्यलाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाली जनसम्पर्क समिति स्पेन का अध्यक्ष शालिकराम डुम्रे,एनआरएन स्पेनका सचिव सुनिल रानाभाट,प्रबक्ता सुबास रानाभाट लगायतले बिमानस्थलमा स्वागत गरेका छन्। अब केहि बेरमा हुने दिपावली कप फुटबलको उद्घाटनका लागि संयोजक आचार्य खेल मैदान तर्फ लाग्दै छन्। 12191714_1038484579537094_8626487793042934367_n

10456016_1199322393427825_5423187716087586761_n12193604_1199322356761162_815979437689887774_n12193533_1199322343427830_946512106100430245_n