स्पेनमा आज दिपावली कप फुटबल प्रतियोगिता हुँदै


फोटो फाईल
फोटो फाईल

बार्सिलोना/ नेपालीहरुको महान पर्ब तिहारको उपलक्ष्यमा स्पेनमा आज शुभ दिपावली कप फुटबल प्रतियोगिता हुने भएको छ। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद,युरोप क्षेत्रका संयोजक कुल आचार्यको प्रमुख आतिथ्यतामा प्रतियोगिता हुन लागेको हो।

बिभिन्न चाडबाड आउँदा फरक फरक कार्यक्रमहरु हुँदै आएको स्पेनको नेपाली समुदाय माँझ तिहारको अबसरमा हुने दिपावली कप फुटबलकोमा बालबालिका तथा महिलाहरुको लागि छुट्टाछुट्टै खेल खेलाईदै छ। स्पेन स्थित संघ सँस्थाहरुले समुह बनाउँदै एक आपसमा प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताको बिजेतालाई नगद ४०१ यूरो तथा प्रमाण पत्र, शिल्ड र मेडल प्रदान गरिने छ । भने उपबिजेता समुहले पनि नगद २५१ यूरो प्रमाण पत्र शिल्ड र मेडल प्रदान गरिने छ । उत्कृष्ट एक जना खेलाडीलाई शिल्ड मेडल तथा प्रमाणपत्रले सम्मान गरिने भएको छ।बिगत २ बर्ष देखि फुटबल आयोजना गर्दै एनआरएन स्पेनले  प्रतियोगिता सम्पन्न गर्न सचिब एबंम खेलकुद बिभाग प्रमुख सुनिल रानाभाटलाई संयोजकको जिम्मेबारी दिएको छ।

बेलायत निबासी आचार्यले युरोप संयोजकको जिम्मेबारी पाए पछि  पहिलो पटक राष्ट्रिय समन्वय परिषदको क्रियाकलापमा सहभागिता जनाउँदै छन्। आचार्यले सोमबार एनआरएन स्पेनको कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ।