बेलायती संसद भवन अगाडि भारतीय नाकाबन्दीविरूद्ध प्रदर्शनको तयारी


लन्डन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी १२ देखि १४ नोभेम्बरसम्म तीन दिने बेलायत भ्रमणमा रहेको बेला, नेपालीहरुले विरोध प्रदर्शनको तयारी गरेका छन् ।भारतीयले गरेको अघोषित नाकाबन्धीको बिरोध गर्दै बेलायती संसद भवन अगाडि प्रदर्शन गर्न लागेका हुन्।

आगामी १२ नोभेम्बर, मध्यान्ह १२ बजे गर्न लागिएको प्रदर्शनीमा एनपीसीसी यूके, एनआरएनए यूके, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, कपिलवस्तु समाज यूके, नेपाली साहित्य विकास परिषद यूके, नेपलिज हार्ट फाउण्डेशन यूके, पूर्व प्रहरी परिवार मञ्च यूके, यती नेपाली एसोसिएसन यूके, नेपलिज ब्लड डोनर्स यूके, संयुक्त राष्टवादी संगठन बेलायत, डार्टफोर्ट नेपलिज कम्युनिटी यूके, तमुधिं आमा समूह यूके, अन्तर्राष्टिय नेपाली वांग्मय प्रतिष्ठान यूके लगायत संघ सँस्थाहरु सहभागी बन्ने भएका छन्।