फेवातालमा खसेर प्याराग्लाइडिङ चालक सुनिल भट्टराइको मृत्यु


सन्देश श्रेष्ठ
पोखरा । पोखराको आकाशमा शनिबार भएको प्याराग्लाइडिङ दुर्घटनामा एकजना सोलो पाइलटको ज्यान गएको छ । एक्रोव्याट गर्ने क्रममा फेवातालमा खसेर डुब्दा प्याराग्लाइडिङको एकल उडान गर्दै आएका आएका सुनिल भट्टराइको मृत्यु भएको हो ।
काठमाडौं धापासी घर भई पोखरा बस्दै भट्टराईले प्याराग्लाइडिङ उडान गर्दै आएका थिए ।

२६ वर्षीय भट्टराई शनिबार दिउँसो करीब २ बजे फेवातालमाथि एक्रोव्याट गर्दै थिए । एक्रोब्याट गर्ने क्रममा एक्कासी ग्लाईडरभित्र छिरेका उनी फेवातालमा डुब्न पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनलाई तत्काल उद्दार गरेर मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर, बाटैमा मृत्यू भएको हवाई खेलकुद संस्था ‘ना’ले जनाएको छ ।