नेवारी समाज (पासा पुच) स्पेनले बार्सिलोनामा म्ह पुजा गर्दै


बार्सिलोना/ नेपाल सम्बत् ११३६ को अवसरमा नेवारी समाज (पासा पुच) स्पेनको आयोजनामा म्ह पुजा हुने भएको छ । गत बर्ष जस्तै यस बर्ष पनि बार्सिलोनामा म्ह पुजा हुन लागेको हो। म्ह पुजा विधिगत रुपमा सम्पन्न गर्न यस बर्ष पनि समाजले निलु अवाले श्रेष्ठलाई संयोजकको जिम्मेबारी दिएको छ। नोभेम्बर १२ तारिक ,दिउसो ३ बजे देखि चल्ने पुजामा सहभागी बन्न समाजले सबैलाई अनुरोध गरेको छ।

गत बर्ष समाजले नेपाल र बेल्जियम देखि आबश्यक सामग्रीहरु मगाएर पनि पुजा सम्पन्न गरेको हो। पन्चकन्याबाट पानसमा बत्ती बालेर पुजाको आरम्भ भएको थियो। पुजाको लागि सेतो चामलको पिठो,धानको फुल,कालो भट्टमास,मास(कालो)धान,तेलको मण्डब,र टिका लगाई करिब ६० वटा जति मण्डल तयार गरिएको थियो।

पुजामा बस्ने सबैलाई पंच रत्न धागो लगाई,पाथीमा फुल, चामल, धानको फुल राखेर मण्डलमा बस्नेले तिन पटक सम्म टाउकोमा खन्याएका थिए। सगुन बाडे पछि भोज शुरु भएको थियो। गत बर्ष बेल्जियमबाट पुजाको लागि ल्याईएको सालको टपरीमा चिउरा,बोडी,साग,फर्सी,अचार,आलुतामा,खसीको मासु,कुखुराको मासु,खसीको भुटन,काचो फर्सीको टुक्रा,अण्डा,मासको रोटि,सेलरोटी,मेथीको झोल लगायतका परिकार राखी मण्डलमा बस्ने सबैलाई भोजन गराइएको थियो।

म्ह पुजा अर्थात् आफ्नो शरीरलाइ आफैले पुजा गर्ने प्रथा नेवारी समुदायमा ठुलो पर्वको रुपमा मनाउने चलन छ। नेवारी समुदायमा परिवारका प्रत्येक सदस्यले नुहाई ,नंया बस्त्र लगाई मण्डलको अगाडी लहरै बसेर फुल ,अक्षताले आफैले आफैलाइ गर्दा(म्ह पुजा ) गर्दा सु-स्वास्थ्य राम्रो हुने बिश्वास गरिन्छ l आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आइएको छ ।

म्ह पुजा कै दिन नेपालको मौलिक संवत् नेपाल संवत् ११३६ को नयाँ वर्ष पनि सुरु हुने छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

म्ह पुजा बारे पूर्ण जानकारी 

मिति :– १२ नोभेम्बर,२०१५
स्थान:- Rambla prim 64 -70
08019 BARCELONA
Metro L4 besos Mar
T4 el forum degonal Mar
T5,6 Alfonso magnanum
Bus 36

समय:- दिउँसो ३ बजे देखि
शुल्क:- १५ युरो, १२ बर्ष मुनिका बालबालिकाहरुलाई – १० युरो

सम्पर्कका लागि 

निलु अवाले श्रेष्ठ – ६६३५००९१७
केशरी नेमकुल श्रेष्ठ  – ६१०४०२३३५
सीता सिंह मर्हजन – ६३१३६२२६८
अनिता श्रेष्ठ – ६३२९७३४७९