यूएईमा मृत्युदण्डका अम्मर बहादुरको रिहाईका लागि ज्ञापन पत्र


अम्मर बहादुर बम
यूएईमा मृत्युदण्ड पाएर कारगारको जिबन बिताई रहेका दार्चुल्ला जिल्ला धारी गा.बि.स.का निर्दोश अम्मर बहादुर बमलाई रिहाई गराउनुका लागि सुदूर पश्चिम सेवा समाज यू.ए.ई.का महासचिब तथा देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’ले आज राष्ट्रपति, प्रधानमन्त्रीको सचिबालय मार्फत र नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्री भिम बहादुर रावल लाई ज्ञापन पत्र बुझाएका छन ।
निर्दोश अम्मर बहादुर बमलाई रिहाई गराउनुका लागि ‘मुस्कान’ले आँफै प्रतक्ष्य सम्बन्धित मन्त्रालय र निकायहरुलाई ज्ञापन पत्र बुझाउनुका साथै बिबिध कुराको बारेमा जानकारी गराएको बताएका छन्, उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा जेनेभामा जारी अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा सहभागी हुन पुगेका कारण परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउन नसकिएको पनि जानकारी दिएका छन ।
ज्ञापन पत्र बुझाएको सबै मन्त्रालय र निकायहरु बाट आफुले सकारात्मक आश्वाशन पाएको र अज्ञानतामा परि हाल सम्म मृत्युको दिन पर्खेर जेल जिबन बिताई रहेका निर्दोश अम्मर बहादुर बमको उद्दार तथा अन्य बिबिध बिषयमा अध्ययन गरी छिट्टै रिहाई गर्नु राष्ट्रिय स्तरबाट नै पहल हुने कुरामा आफु बिस्वस्त रहको ‘मुस्कान’ले जनाएका छन,
त्यस्तै आफु आउँदा दिनहरुमा यूएई पुगेर पनि अम्मर बहादुर बम रिहाई अभियानमा लागि रहने र सो अभियानमा सम्पूर्ण सम्बन्धित निकाय, स्वतन्त्र मानब अधिकारबादी संस्था, यूएई स्तिथ नेपाली संघ संस्था, समाज सेवी र बुद्धिजीविहरुको साथ पाउने आशा राखेको ‘मुस्कान’ले जानकारी दिएका छन् ।