वाँसको पानी र खिर्राको चोपबाट एक युवाले खाना पकाउने ग्यास निकाले


कृष्ण रानाभाट/पोखरा
पोखरा भारतिय नाकावन्दिको कारण देशमा ग्यासको अभाव भएको वेलामा लमजुङका एक युवाले खिर्राको चोपबाट ग्यास निकाले र सबैलाई चकित पारेका छन्।
लमजुङ जिल्लाको इशानेश्वर गाविस वडा २ भोर्लेटार निवासी २४ वर्षिय रदि मियाँले खिर्राको चोपसंग सालधुप, डिस्टिल वाटर, वाँसको पानी, सोडालगाएतको मिश्रणलाई एक भाँडोमा हालेर त्यसबाट ग्यास निकाली वालेर पानी तताएर देखाएका थिए।

उनले शुक्रबार रिजनल कलेज नयाँवजारमा पत्रकार सम्मेलन गरि उक्त भाँडोमा उत्पादन भएको ग्यासलाई सिलिण्डरमा हालेर ग्यास चुलोमा वालेर पत्रकारलाई देखाएका थिए। उनले सार्वजनिक सवारीमा यात्रा गर्दा ग्यास नपाएर आक्रान्त भएका जनतालाई कसरी सेवा गर्न सकिन्छ भन्ने सोच्दै जाँदा उक्त ग्यास निकाल्ने जुक्ती निस्केको वताए।

खुट्टे पम्पको सहायताले ग्यास भर्दै उक्त प्रविधि विकासको क्रममा सिसाको वोटल पड्केको कारण साथीहरुको सल्लाह लिएर ग्यासको सिलिण्डरमा ग्यास भरेको वताए।

साथै उनले यस अगाडि पनि आफ्नै खर्चमा दुई वटा अल्ट्रालाईट जहाज वनाई सकेको वताए। एउटा पश्चिमाञ्चल क्षेत्रीय संग्राहलयमा राखिएको र अर्कोको उडान अनुमति प्राप्त गर्न बाकी रहेको वताए। उक्त अल्ट्रालाईट जहाज वनाउन आठ÷नौ लाख लागेको र सो रकम विदेशमा रहेका आफन्तहरुले सहयोग गरेका र परिक्षण उडानको लागि दुई जना पाईटलसंग कुरा भईरहेको पनि वताए।

सो अवसरमा हालसम्म पनि कुनै सरकारी गैरसरकारी संघ संस्थाले कुनै सहयोग नगरेको वताउँदै यदि कसैले सहयोग गरेमा आफुले प्रविधिको क्षेत्रमा धेरै योगदान गर्न सक्ने वताए।

तपाईको प्रतिक्रिया