दिपावली कप फुटबलको सम्पूर्ण तयारी पुरा


बार्सिलोना/ बिभिन्न चाडबाड आउँदा फरक फरक कार्यक्रमहरु हुँदै आएको स्पेनको नेपाली समुदाय माँझ तिहारको अबसरमा हुने दिपावली कप फुटबलको सम्पूर्ण तयारी पुरा भएको छ। नेपालीहरुको महान पर्ब तिहारको उपलक्ष्यमा यस बर्ष पनि आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हो।

स्पेन स्थित संघ सँस्थाहरुले भाग लिने प्रतियोगिताको उद्घाटन गर्न गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद,युरोप क्षेत्रका संयोजक कुल आचार्य बार्सिलोना आउँदै छन्। बेलायत निबासी आचार्यले संयोजकको जिम्मेबारी पाए पछि पहिलो पटक राष्ट्रिय समन्वय परिषदको क्रियाकलापमा सहभागिता जनाउँदै छन्।

बिगत २ बर्ष देखि फुटबल आयोजना गर्दै संघले आगामी आईतबार आयोजना गर्ने प्रतियोगिता सम्पन्न गर्न सचिब एबंम खेलकुद बिभाग प्रमुख सुनिल रानाभाटलाई संयोजकको जिम्मेबारी दिएको छ। रानाभाटको संयोजकत्वमा दीपक क्षेत्री , रंजन वस्ती , उमाराज ढकाल , कमल भण्डारी रहने गरि तयारी समिति समेत गठन भएको थियो। स्पेन स्थित संघ सस्थाहरुले आ- आफ्नो टिम बनाउँदै प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगिता बारे पूर्ण जानकारी

१ ) प्रत्येक समुहले १० जनाको नाम आयोजकलाइ बुझाउनु पर्ने छ भने खेल्ने खेलाडी ७ जना हुनेछन, बाँकी ३ जना बैकल्पिक खेलाडीको रुपमा रहनेछन ।
२) टिम दर्ता शुल्क १०० यूरो लाग्नेछ ।
३) टिम दर्ता भइ सक्नु पर्ने मिति २९-१०-२०१५ देखि ८-११-२०१५ गते दिनको २ बजे सम्म।
४) खेल तालिका खेल मैदानमा नै निर्धारण गरिने छ।
५) प्रथम हुने टिम लाइ ४०१ यूरो तथा प्रमाण पत्र, शिल्ड र मेडल प्रदान गरिने छ ।
६) दोश्रो हुने टिम लाइ २५१ यूरो तथा प्रमाण पत्र शिल्ड र मेडल प्रदान गरिने छ ।
७) उत्कृस्ट खेलाडी १ जनालाई शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
८) महिला तथा बच्चा हरुको खेलमा प्रथम हुने टिमलाइ मात्र प्रमाण पत्र प्रदान गरिने छ ।
बाँकी नियम तथा प्रक्रियाहरुको बारेमा समितिका साथीहरु संग तथा खेल मैदानमै जानकारी लिन सकिने छ | शुभ दिपावली कपमा महिलाहरु सँग कुनै पनि समुहगत टिम दर्ता शुल्क लिइने छैन भने १२ बर्ष भन्दा मुनिका बच्चाहरुको पनि टिम दर्ता शुल्क लिइने छैन।

मिति :०८ नोभेम्बर ०१५,

स्थान :– FC CAN BUXERES Miralta 4 3a 08906 L’HOSPITALET ( BARCELONA), मेट्रो L5,CAN BUXERES नजिकै 

समय :– दिउँसो २:३० देखि ४:०० बजे सम्म महिला तथा बच्चाहरुको खेल खेलाइने छ भने ४:०० बजे पछि १२ बर्ष भन्दा माथिका उमेरका प्रतियोगीहरुको खेल खेलाइने छ।

बिस्तृत जानकारीको लागि समितिका संयोजक सुनिल रानाभाट 632248506 रंजन वस्ती 632686718 साथै संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु