एनआरएन प्रबक्तामा, रञ्जु थापा प्रस्तावित


गैर आबासीय नेपाली संघ(एनआरएनए)को प्रबक्ता पदमा महासचिव पदकी प्रत्यासी उम्मेद्वार रञ्जु थापालाई प्रस्तावित गरिएको छ। एनआरएन अभियानमा निरन्तर लाग्दै आएकी निर्बतमान सचिव समेत रहेकी थापालाई प्रस्तावित गरिएको हो।

मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष शेष घलेले थापालाई ‘प्रवक्ता’को रुपमा अघि सारेको स्रोतले जनाएको छ। नोभेम्बर १४ मा बस्ने समितिको पूर्ण-बैठकले अनुमोदन गरे पछि नाम सार्बजनिक गरिने बुझिएको छ।

मुलुकले नयाँ राष्ट्रपति र सभामुख महिला नै पाईरहेको बेला एनआरएनले पनि पहिलो महिला प्रबक्ता बनाउँने भएको छ। संघको छैटौ अधिबेशनमा थापा सचिव पदका लागि निर्बाचित भएकी थिईन् भने सातौ अधिबेशनमा महासचिवमा पराजित भईन्।

विगत दुई दशकदेखि अष्ट्रेलियामा रही बिभिन्न सामाजिक र परोपकारी काममा सक्रिय रहेकी थापाले यस अघि एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष, आइसीसी महिला उपसंयोजक, संयोजक हुँदै केन्द्रिय सचिब पदमा रही जिम्मेबारी निर्बाह गरिरहेकी छिन्। कतिपयले केन्द्रिय सचिवको जिम्मेबारी निर्बाह गरिसके पछि प्रबक्ताको जिम्मेबारी लिनु त्यति उपयुक्त नहुने टिप्पणी पनि गरेका छन्।