एनआरएन स्पेनको कार्यलय उद्घाटन नोभेम्बर ९ तारिक हुने


स्पेन/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यलय उद्घाटन कार्यक्रम नोभेम्बर ९ तारिक सोमबार बार्सिलोनामा हुने भएको छ। यस अघि ८ तारिक आईतबारको लागि कार्यक्रम तय भए पनि फुटबल प्रतियोगितामा असर पर्ने देखिए पछि सोमबारको लागि सारिएको हो।

संघका अध्यक्ष मुक्त बहादुर गुरुङले भने,” प्रमुख अतिथिको आगामन केहि ढिला हुने हुँदा ८ तारिक आईतबार दिपावली कप फुटबल प्रतियोगिता मात्र गर्ने छौ, र सोमबार दिउँसो १ बजेका लागि उद्घाटन कार्यक्रम तय गरेका छौ।”यस अघि ८ तारिक बिहानको कार्यलय उद्घाटन र दिउँसो फुटबल प्रतियोगिताको बारे सूचना जारी गरिएको थियो।

युरोप क्षेत्रका संयोजक कुल आचार्य, दुई कार्यक्रममा सहभागी हुन स्पेन आउँने भएका छन्। गत अक्टोबर सम्पन्न अधिबेशनबाट संयोजकमा निर्बिरोध निर्बाचित भए पछि आचार्य पहिलो पटक स्पेन आउँन लागेका हुन्। आचार्यलाई गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले आगामी आईतबार आयोजना गरेको दिपावली कप फुटबलको प्रमुख अतिथिको रुपमा संघले आमन्त्रण गरेको छ।

यस्तै सोमबार उनले संघको कार्यालयको उद्घाटन गर्ने भएका छन्। स्पेनमा कार्यलय स्थापना गर्न लागि ११ हजार १ सय ९९ युरो संकलन भएको थियो।बेलायतबासी आचार्यले संयोजकको जिम्मेबारी सम्हाले पछि, पुग्ने पहिलो राष्ट्रिय समन्वय परिषद स्पेन हुने भएको छ।स्पेनबासी नेपालीहरुले,आफ्नो समस्या र दुख पोख्ने ठाँउ समेत नभएको गुनासो गरेकोले, संघले कार्यालय स्थापना गर्न लागेको जनाएको छ ।